९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

ललितपुरको ऐतिहासिक अदालत पुनःनिर्माण सुरु

ललितपुर जिल्लाको पाटनस्थित विश्व सम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालतको भवन पुनः निर्माण सुरु भएको छ। सम्पदा क्षेत्रभित्र अवस्थित जीर्ण अवस्थामा रहेको उक्त अदालत दसैँलगत्तै पुनः निर्माण सुरु भएको हो।

पुनःनिर्माण सुरु भएको ऐतिहासिक अदालतको भवन विसं १९९० को भूकम्प अगाडि तीन तलाको थियो।पुरानै स्वरूपमा भवन निर्माण गर्न नक्शा पास भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ।  

भारतीय दूतावासको सहयोगमा काम सुरु भएको एतिहासिक अदालत भवनको पुनःनिर्माणको पतली भैरव निर्माण व्यवसायी कम्पनीले १८ महिनामा सम्पन्न गर्नेगरी जिम्मा लिएको कम्पनीका इञ्जिनियर किसन कुटाभारले जानकारी दिए।

अठार करोडमा पुरानै संरचनामा निर्माण हुन लागेको अदालतमा पाटन दरबार सङ्ग्रहालयको कार्यालय रहनसक्ने दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले जानकारी गराए। उजले भने,“लामो समयको प्रतिक्षापछि जीर्ण अवस्थामा रहेको अदालत भवन पुनः निर्माण सुरु भएको छ। पूरानै शैलीमा निर्माण भएपछि पाटन दरबार क्षेत्रको स्वरूप अझ आकर्षक देखिने छ।”

जीर्ण भवनभित्र रहेका सामान सुरक्षितसाथ अर्को ठाउँमा सारिएको ललितपुरस्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ। ऐतिहासिक अदालत भवनलगायत पाटनदरबार क्षेत्रका अन्य ऐतिहासिक सम्पदा केही पुनःनिर्माण हुँदैछन् भने केही पुनःनिर्माणको प्रक्रियामा छ। 

प्रकाशित: ९ मंसिर २०८१ १५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App