पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म ११ हजार ५३ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।
सोही क्रममा १ हजार ८३० जना संक्रमणमुक्त भएका छन्।
प्रकाशित: ५ आश्विन २०७८ ११:३६ मंगलबार