९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

रविलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान गर्न १३ दिन म्याद थपिएको छ।

आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले नागरिक न्युजलाई जानकारी दिए।

यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो। रविलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको यो पाचाैं पटक हो।

सहकारीको रकम गोरखा मिडियाबाट अपचलन गरेको भन्दै प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो।

लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराधमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीलाई म्याद थप भएसँगै काठमाडौं ल्याउने तयारी छ। सहकारीको रकम अपचलन गरेको भन्दै लामिछानेमाथि चितवनमा समेत उजुरी परेको छ।

प्रकाशित: ९ मंसिर २०८१ १५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App