६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कोरोना संक्रमणबाट मृत्यु हुने दैनिक घट्दै

गत २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। पछिल्लो सातामा दैनिक १० देखि १८ जनाको मृत्यु हुँदै आएकोमा सोमबार मृत्यु हुनेको संख्या सबैभन्दा कम ८ जनाको मात्र मृत्यु भएको हो। नेपालमा कोरोना संक्रमणदर घटेसँगै मृत्युदर पनि घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ जना पुगेका छन्।

गत २४ घन्टामा कोरोना संक्रमणदर ७.९ प्रतिशत दुवै नमुनामध्येमा रहेको छ। तर पिसिआर विधिवाट ९.३ प्रतिशत संक्रमणदर देखिएको छ। गत २४ घन्ठटामा दुवै थरिका नमुना गरी १३ हजार ८ सय १७ वटा नमुना परीक्षण भएकोमा १ हजार ९५ जनामा कोरोना पुष्टि भएको थियो भने १० हजार ७ सय ८६ वटा पिसिआर परीक्षण भएकोमा ९ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो। थप संक्रमितसहित नेपालमा कुल संख्या ८ लाख ७४ हजार ६ सय २९ जना पुगेका छन्।  

हाल नेपालभरिमा २२ हजार ३ सय २३ जनामा सक्रिय संक्रमित छन् भने २० हजार ८ सय ९१ जना होम आइसोलेसनमा छन् भने १४ सय ३२ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गम्भीर समस्या भएका ३ सय ७१ जनाको आइसियूमा उपचार भइरहेको छ। गत २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित: ५ आश्विन २०७८ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App