१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमणदर ८.९ प्रतिशत

गत २४ घन्टामा नेपालमा कोरोना संक्रमणदर ८.९ प्रतिशत रहेको छ। पिसिआर विधिबाट परीक्षण भएका ११ हजार ६ सय २९ वटा नमुनामध्येमा ९ सय ४१ वटामा कोरोना पुष्टि भएको हो। 

पिसिआर र एन्टिजेन दुवै परीक्षणबाट पनि ८.१ प्रतिशतमा कोरोना संक्रमणदर देखिएको छ। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ८ लाख ७८ हजार ६ सय ७६ पुगेको छ।  

संक्रमितमध्येमा २० हजार ७ सय ४३ जना सक्रिय संक्रमित छन् भने १९ हजार ४ सय ३७ जनाको होम आइसोलेसनमा उपचार भइरहेको छ। तीमध्ये १३ सय ६ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। 

तीमध्येमा ३ सय ४० जनाको आइसियुमा उपचार भइरहेको छ। बिहीबार थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। थप मृतकसहित नेपालमा ११ हजार ७२ जना मृतक संख्या पुगेको छ। गत २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४ सय ५ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित: ८ आश्विन २०७८ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App