२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

२५औँ आहा–रारा पोखरा गोल्डकपका खेलहरू पहिलो पटक फ्लडलाइटमा खेलाइने

२५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप आउँदो माघ २७ देखि फागुन ९ गतेसम्म आयोजना हुँदैछ। आहा–रारा गोल्डकपको खेलहरू पहिलो पटक फ्लडलाइटमा खेलाइने छ।  

यस संस्करणमा कूल १२ टोलीले सहभागिता जनाउने आइतबार आयोजकले पत्रकार सम्मेलन मार्फत बताएका छन्। यसका साथै यस पटक प्रतियोगिताको विजेताले पाउने रकम पनि वृद्धि भएको छ। प्रतियोगिताको विजेताले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ७ लाख १ हजार रुपैयाँ पाउने छन्।  

पोखरा पर्यटन वर्ष २०२५–२६ लाई प्रवर्द्धन गर्ने उद्देश्यले यस पटक अस्थायी फ्लडलाइट जडान गरेर प्रतियोगिताका खेलहरू आयोजना हुन लागेको हो।  

यी हुन् सहभागी १२ टोलीहरुः  

नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, नेपाल एपीएफ क्लब,प्लानिङ ब्वाइज युनाइटेड,जावलाखेल यूथ क्लब, थन्डरबोल्ट नर्थ युनाइटेड क्लब (सिक्किम भारत), मच्छिन्द्र फुटबल क्लब, , हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब, (भारतको एक टिम), आभा फुटबल क्लब उज्बेकिस्तान र सहारा क्लब पोखरा रहेका छन्।

प्रकाशित: १८ माघ २०८२ ११:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App