coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

थप १ हजार २३९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ११ हजार ६२९ पिसिआर परीक्षणमा ९४१ र ३ हजार ६१४ एन्टिजेन परीक्षणमा २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन्भ। यो सँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ५६ हजार ९५४ रहेको छ।  

सोही क्रममा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ७२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित: ७ आश्विन २०७८ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App