९ आश्विन २०८१ बुधबार
image/svg+xml

नारायणगढ–मुग्लिन सडकको पहिरो हटाउने काम अझै सुरु हुन सकेन

माथिबाट ढुंगा खस्ने क्रम नरोकिएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिरो हटाउने काम अझै सुरु हुन सकेको छैन।

सडक विस्तारका लागि इटहरीमा थप घर भत्काइयो

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार गर्न इटहरी बजार क्षेत्रका थप केही घर आज भत्काइएको छ।

बाढी, पहिरो र सडक दुर्घटनाप्रति सांसद्ले गराए सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण मुत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ।

सुख्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिङ सडक सञ्चालनमा

सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडक खण्ड सञ्चालनमा आएको छ।

कमला-कञ्चनपुर सडक स्तरोन्नति सुस्त

चिनियाँ ठेकेदार कम्पनीको आलटालका कारणले कमला–कञ्चनपुर सडक स्तरोन्नतिको कामको रफ्तार फेरि घटेको छ।

सडक र सदन दुवैतिर एमाले हावी

सरकारले विधिको शासनमा गलत नजिर स्थापना गर्न खोजेको भन्दै एमालेले संसद् र सडक दुवै स्थानबाट खबरदारी गरिरहेको छ। एमालेको यही भूमिकाका कारण सरकारमा रहेका दल र सरकार प्रतिरक्षामा उत्रिनुपर्ने अवस्था आएको छ, प्रधानमन्त्रीले पटकपटक सदनमा जवाफ दिनुपरेको छ।

चीन जोड्ने गल्छी–रसुवागढी सडकको बेहाल

चीन जोड्ने गल्छी–त्रिशूली–मैलुङ– स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको निर्माण दयनीय अवस्थाबाट अघि बढिरहेको छ। भारतले नाकाबन्दी लगाएपछि सरकारले चीनसँग सडकमार्गबाट जोड्न २०७२-७३ सालमा दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ८२ किलोमिटर सडक अघि बढाएको थियो।

सडकमा पोखिएको किसानको आँसु

यसरी पोखिएको चिजलाई सहज आँखाले हेर्दा गोलभेडा मात्र देखिए पनि खासमा यी प्रत्येक गोलभेडाका दानाभित्र किसानको मेहनत, श्रम र पसिना भरिएको छ। यसर्थ यो गोलभेडा हैन, उनीहरूको रोदन पोखिएको हो।

गोलभेंडाः काठमाडौंमा १० रुपैयाँमा बिक्दैन, पोखरामा किलोको ७०

राजधानी काठमाडौंमा आइतबार मूल्य नपाएको भन्दै सडकमा गोलभेंडा फ्याकियो। किसानले झन्डै चारलाख किलो गोलभेंडा सडकमा फालेको अनुमान छ। प्रतिकिलो १० रुपैयाँमा पनि बिक्री नभएको भन्दै आक्रोशित किसानले राजधानीका सडकमा गोलभेंडा फ्याकिरहँदा पोखरामा भने त्यही गोलभेंडाको प्रतिकिलो खुद्रा मूल्य ६५ देखि ७० रुपैयाँ छ।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक: ठेक्काको आठ वर्षपछि कालोपत्रको तयारी

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु गरिएको छ।

मूल्य नपाएपछि किसानले सडकमै घोप्टाए गोलभेंडा

गोलभेंडाको प्रतिकिलो उत्पादन लागत करिब २५ रूपैयाँ पर्ने किसानको दाबी छ। आइतबार कालीमाटी तरकारी बजारमा गोलभेंडाको अधिकतम मूल्य प्रतिकिलो १० रूपैयाँ थियो। यसरी हेर्दा बिक्री भएको गोलभेंडामा पनि किसानले प्रतिकिलो १५ रूपैयाँ घाटा बेहोरिरहेका छन्।

बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्‍याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ।

ताप्लेजुङमा बाढी पहिरोको सन्त्रास,सडक सञ्जाल बिच्छेद

बाढी र पहिरोको सन्त्रासले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका सम्पूर्ण बिद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्