१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

फाईल तस्बिर

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।आज दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो।पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आज बिहान पनि सोही ठाउँमा पहिरो खस्दा सडकखण्ड एक घण्टा अवरुद्ध भएको थियो। बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ।यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन अवतजावत गर्छन।  

प्रकाशित: १४ असार २०८० १०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App