३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कमला-कञ्चनपुर सडक स्तरोन्नति सुस्त

चिनियाँ ठेकेदार कम्पनीको आलटालका कारणले कमला–कञ्चनपुर सडक स्तरोन्नतिको कामको रफ्तार फेरि घटेको छ। सडक विभागले गत मंसिरमा ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कार्यको रफ्तार केही बढाएको चिनियाँ कम्पनीले फेरि ढिलासुस्ती र आलटाल गर्दै आइरहेको छ।

गत डिसेम्बर महिनासम्म मासिक ५ प्रतिशतको दरले भौतिक प्रगति हासिल गर्दै आइरहेको चिनियाँ कम्पनीले अहिले मुस्किलले मासिक डेढ प्रतिशत मात्रै गरिरहेको छ।

चाइना रेल्वे इन्जिनियरिङ २ ग्रुप कम्पनी लिमिटेडले अहिले कञ्चनपुर कमला सडक योजनाको पूर्वी र पश्चिमी खण्डको निर्माणको काम गरिरहेको छ। गत डिसेम्बर महिनासम्म मासिक ५ प्रतिशत भौतिक प्रगति गरेको कम्पनीले फेरि सडक स्तरोन्नतिको काममा आलटाल गर्न थालेको हो।

कञ्चनपुर कमला सडक योजना कार्यालयले दुई वर्षअघि ८६.८२ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्ने योजना अघि सारेको थियो। सो योजनाअन्तर्गत ५४ पुल, ८ अन्डरपास र दुई वटा फ्लाईओभर निर्माण गर्ने योजना अघि सारिएको थियो। यो योजनाको काम २९ अक्टोबर २०२० मा सुरु भएर २८ अक्टोबर २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। चिनियाँ कम्पनीकै लापारवाहीको कारण यो सडक स्तरोन्नतिको काम हालसम्म समग्रमा ३० प्रतिशत मात्रै भएको छ।

चिनियाँ ठेकेदार कम्पनीको आलटालका कारणले कमला–कञ्चनपुर सडक स्तरोन्नतिको कामको रफ्तार फेरि घटेको छ।

कञ्चनपुर कमला सडक योजना पूर्वी खण्डका प्रमुख खड्गलाल श्रेष्ठले निर्माण कम्पनीले विगतमा मासिक ५ प्रतिशतको दरले भौतिक प्रगति गरे पनि अहिले मुस्किले डेढ प्रतिशत मात्रै भइरहेको बताए। ‘अहिले ठेकेदार कम्पनीले सडक स्तरोन्नतिको रफ्तार घटाएको देखिन्छ,’ उनले भने, ‘बर्सातको समय सुरु भइसकेकाले पनि अब भने अझै गति घट्ने देखिन्छ।’ यो सडक खण्ड एसियाली विकास बैंकको ऋण साझेदारीमा निर्माण अघि बढाइएको हो।

यो आयोजनाको निर्माण लागत १५ अर्ब ६६ करोड ४४ हजार ९ सय ३८ रूपैयाँ राखिएको छ। यो योजना अन्तर्गत चार लेनको सडक ७०.३३ किलोमिटर ६ लेनको सडक १६.४९ किलोमिटर र २ लेनको ५४ वटा पुल निर्माण हुने छ।

यो योजनाअन्तर्गत ८ वटा अन्डरपास निर्माण गरिँदैछ । डिसेम्बरसम्म पूर्वीखण्डको १९ प्रतिशत भौतिक प्रगति भएको थियो। अहिले यो खण्डको भौतिक प्रगति ३० प्रतिशतको हाराहारीमा पुगेको छ। कञ्चनपुर–कमला सडक योजना पूर्वीखण्डका योजना प्रमुख खड्गलाल श्रेष्ठले पूर्वी खण्डको सडकको फाउण्डेसन र सबवेश निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए।

‘केही समयअघि सडक स्तरोन्नतिको काम मासिक ५ प्रतिशतको दरले हुँदै आइरहेको थियो,’ उनले भने ‘अहिले इन्धन र ठेकेदार कम्पनीसँग पैसाको अभाव लगायतका कारणले पनि निर्माण कार्यको गति धेरै सुस्ताएको छ। यो सडक खण्डको भौतिक प्रगति गत डिसेम्बरसम्म १९ प्रतिशत थियो। अहिले जुनको तेस्रो सातासम्मको अवधिमा ३० प्रतिशत भौतिक प्रगति भएको छ।

यो योजनाअन्तर्गत ८ वटा अन्डरपास निर्माण गरिँदैछ । डिसेम्बरसम्म पूर्वीखण्डको १९ प्रतिशत भौतिक प्रगति भएको थियो। अहिले यो खण्डको भौतिक प्रगति ३० प्रतिशतको हाराहारीमा पुगेको छ।

कञ्चनपुर कमला सडक योजना पूर्वीखण्ड ३९.४२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ। ६.०८ किलोमिटर सडक ६ लेनमा विस्तार गरिने भएको छ। ३३.३४ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको थियो। यो योजना अन्तर्गत २९ वटा पुल र २ वटा अन्डरपास निर्माण गर्नुपर्नेछ।

योजनाका प्रमुख श्रेष्ठका अनुसार २९ वटा पुलमध्ये अहिलेसम्म २१ वटा पुलको जग तथा फाउण्डेसन खन्ने काम भइरहेको छ। उनले अहिले पुलको सबस्ट्रक्चर र सुपर स्ट्रक्चर लगायतका काम अघि बढाइरहेको बताए।

यो खण्डको सडकको लागत ७ अर्ब २७ करोड लागत रहेको छ। यो सडक खण्ड २९ अक्टोबर २०२३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तोकिएको समयसीमाभित्रै यो सडक खण्डको निर्माण कार्य सकिने देखिन्न। योजना प्रमुख श्रेष्ठले वर्षात् लागेकाले सडकभन्दा पनि पुल निर्माण गर्न ध्यान दिने बताए।

कञ्चनपुर कमला सडक योजना पूर्वीखण्ड ३९.४२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ। ६.०८ किलोमिटर सडक ६ लेनमा विस्तार गरिने भएको छ।

कमला कञ्चनपुर पश्चिम खण्डको सडक निर्माण कार्य पनि सुस्ताएको छ । विगतमा मासिक ५ प्रतिशतका दरले निर्माण हुँदै आइरहेको सडक निर्माणको काम अहिले एक प्रतिशतमा झरेको छ। कमला कञ्चनपुर पश्चिम खण्डका योजना प्रमुख नारायणदत्त भण्डारीले पश्चिम खण्डको सडक निर्माणको काम सुस्ताएको बताए।

‘यो खण्डको सडकको समष्टिगत भौतिक प्रगति ३३ प्रतिशतकै हाराहारीमा रहेको छ,’ उनले भने ‘केही समय अघिसम्म मासिक ५ प्रतिशतको हाराहारीमा भौतिक प्रगति भएको थियो। अहिले मासिक १ प्रतिशतमा झरेको छ।’

कञ्चनपुर कमला सडक योजना पश्चिम खण्डअन्तर्गत ३६.९९ किलोमिटर सडक चार लेनमा विस्तार गरिँदैछ। १०.४१ किलोमिटर सडक ६ लेनमा विस्तार र स्तरोन्नति गरिनेछ। यो खण्डमा २५ वटा पुल निर्माण गरिने भएको छ। अहिलेसम्म २१ वटा पुलको सबस्ट्रक्चरको काम सकिएर अब सुपरस्ट्रक्चरको काम गर्न बाँकी रहेको छ। २ वटा ओभरपास निर्माण गरिनेछ।

 चार लेनको सडकको इन्टरसेक्सनमा सडकको तहभन्दा माथि दुई वटा ओभरपास निर्माण गरिँदैछ। सोमध्ये एउटा लाहान र अर्को मिर्चैयामा निर्माण गर्ने योजना छ। लाहानमा जहाँ ओभरपास निर्माण गर्ने स्थान हो त्यहाँ शहीदका सालिक समयमै हटाउन नसक्दा समस्या भइरहेको थियो। एक साता अघि भएको सर्वदलीय बैठकले सो सालिक स्तानान्तरण गर्ने सहमति भएको छ।

कञ्चनपुर कमला सडक योजना पश्चिम खण्डअन्तर्गत ३६.९९ किलोमिटर सडक चार लेनमा विस्तार गरिँदैछ। १०.४१ किलोमिटर सडक ६ लेनमा विस्तार र स्तरोन्नति गरिनेछ।

अबको केही समयभित्रै सो स्थानमा ओभरपास निर्माणको काम सुरु हुने भएको छ। यो खण्डको लागत ८ अर्ब ३८ करोड ९९ लाख ६८ हजार ७ सय ४८ रहेको छ। यो खण्डको भौतिक प्रगति ३० प्रतिशतकै हाराहारीमा रहेको छ।

प्रकाशित: ६ असार २०८० ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App