१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सडक विस्तारका लागि इटहरीमा थप घर भत्काइयो

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा  विस्तार गर्न इटहरी बजार क्षेत्रका थप केही घर आज भत्काइएको छ।

इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार भित्र पर्ने घर भत्काएको हो। उपमहानगरपालिकाले घर भत्काउन ताकेता गरेता पनि अटेर गरेपछि भत्काएको जनाएको छ।छ लेन सडक विस्तार गर्ने क्रममा उपमहानगरपालिकाले यो तेस्रो पटक घर भत्काएको हो।

यसअघि उपमहानगरपालिकाले इटहरी वडा नं. ९ र ६ मा पर्ने घरहरू दुई पटक गरेर भत्काएको थियो।

इटहरीको मुख्य चोकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा सडकले प्रयोग गर्ने क्षेत्राधिकार ‘क्लियर’ गर्नुपर्ने भएकाले घर भत्काएको हो।

छ लेन सडक विस्तार आयोजनाका अनुसार इटहरी बजारदेखि उत्तरतर्फ सेनाको मुख्यालयसम्म २०–२० मिटर सडक विस्तार गर्न घर भत्काउनु परेन। फुटपाथ बनाउन भने घर पनि भत्काउनुपर्छ। तर, अहिले त्यो काम अघि बढेको छैन्।

इटहरी बजारको चौरास्त चोकभन्दा दक्षिणतर्फ भने अहिले २० मिटर सडक  छ। यसमा सरोकारवालासँग भएको सहमति अनुसार दुवैतर्फ १५–१५ मिटर विस्तार गर्ने निर्णय भएर सोही अनुसार घर भत्काउन ताकेता गरिएको थियो। तर, घरधनीले घर नभत्काएपछि उपमहानगरपालिकाको अगुवाइमा घरहरू भत्काइएको हो।कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि सेउतीसम्म सडक विस्तार हुन बाँकी छ। 

प्रकाशित: ८ असार २०८० ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App