२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बाढी, पहिरो र सडक दुर्घटनाप्रति सांसद्ले गराए सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको आकस्मिक  समयमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण मुत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ।

सांसदहरु हितराज पाण्डे,  एकनाथ ढकाल, राजेन्द्र बजगाईं र रामहरि खतिवडाले विपद् जोखिम न्यूनीकरणका लागि र सडक निर्माणका क्रममा पर्याप्त ध्यान नदिइएकाले यस्तो समस्या आएको बताए। उनीहरुले असार आएपछिको विकास निर्माण  गर्ने प्रवृत्ति अन्त्य गर्न पनि आग्रह गरे।

सांसद देवेन्द्र पौडेलले विद्यालय कर्मचारीको सुविधा वृद्धिका लागि गम्भीर हुन माग गरे भने प्रेम सुवालले नागरिकता जस्तो विषयलाई हेलचक्रयाइँ नगर्न आग्रह गरे।

प्रकाशित: ८ असार २०८० ०६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App