१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङमा बाढी पहिरोको सन्त्रास,सडक सञ्जाल बिच्छेद

बाढी र पहिरोको सन्त्रासले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका सम्पूर्ण बिद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले स्थितिमा सुधार आई अर्को सूचना जारी नभईञ्जेल सम्मका लागि पालिका भरीका बिद्यालय बन्द गरिएको जनाएका छन्। उनले बिद्यार्थीहरुलाई बिद्यालय नपठाउन र सुरक्षित तवरले रहन र राख्न सम्वन्धित अभिभावकहरुलाई आग्रह गरेका छन्।

लगातार परिरहेको पानी र झरेको पहिरोले यो बेला ताप्लेजुङको सिरिजङ्गा,सिदिङ्वा गाउँपालिका,आठराई,त्रिबेणी र मैवाखोला गाउँपालिका प्रभावित भएको छ। सिदिङ्वाको वडा नं ६ मेहलेमा एकै परिवारका ३ सहित ४ जना बेपत्ता भएका छन् भने वडा नं ३ आङ्खोपमा पहिरोले ३ घर बगाएको छ।

यसअघि सिरिजङ्गा वडा नं ८ याम्फुदिनमा ५ सरकारी कार्यालय सहित १५ घर परिवार बिस्थापित भएका जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिएकी छन्। मैवाखोला र तमोर नदीमा आएको बाढीले ताप्लेजुङको मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको संगमस्थल दोभान बजारलाई जोखिममा पारेको छ।

मैवाखोलामा आएको बाढीले मैवाखोला गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकातर्फ जाने सडक सम्पर्क बिच्छेद गरेको यातायात सञ्जाल स्थापित हुन केहि समय लाग्ने आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेनले)जानकारी दिएका छन्।

प्रकाशित: ३ असार २०८० ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App