वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि–२० क्रिकेट खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ। अर्का ओपनर कुशल भुर्तेल पनि १६ रनको व्यक्तिगत योगदान दिँदै आउट भएका छन्।
पाँचौ ओभरमा ओवेद मकोइले उनलाई आउट गरेका छन्। उनी आउट हुँदा नेपालको स्कोर ३८ रन थियो।
हाल ६.४ ओभरको खेल चलिरहँदा नेपाल २ विकेटको क्षतिमा ४७ रन बनाएर खेलिरहेको छ। क्रजमा कप्तान रोहित पौडेल साथ दिन कुशल मल्ल आएका छन्।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरकाे खेलमा पाँच विकेट गुमाउँदै २०४ रन बनाएका थियाे
प्रकाशित: १५ वैशाख २०८१ १४:४४ शनिबार