१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडकको पहिरो हटाउने काम अझै सुरु हुन सकेन

माथिबाट ढुंगा खस्ने क्रम नरोकिएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिरो हटाउने काम अझै सुरु हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार तुइन खोला नजिक निरन्तर पहिरो खसेपछि हटाउन काम सुरु नभएको हो।  ‘माथिबाट ढुंगा खसेको छ। काम सुरु गर्न नै पाएको छैन,’ उनले भने ‘काम सुरु भएपछि पनि पहिरो हटाउन कम्तिमा डेढ घण्टा लाग्छ।’ 

आज दिउँसो दुई बजे यस सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो। पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधनको लामो लाइन बनेको छ। यात्रुहरु बिच बाटोमा अलपत्र परेका छन्। आज बिहान पनि सोही ठाउँमा पहिरो खस्दा सडकखण्ड एक घण्टा अवरुद्ध भएको थियो। 

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ। यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन अवतजावत गर्छन।

प्रकाशित: १४ असार २०८० १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App