१९ वैशाख २०८१ बुधबार
image/svg+xml

उदयपुरका ५ स्थानीयतहको बजेट घट्यो

आगामी आर्थिकवर्ष ०८०/०८१ मा उदयपुरका ८ मध्ये ५ स्थानीयतहको बजेट घटेको छ। गत सोमबार अर्थमन्त्री डा. प्रकाशरण महतद्वारा प्रस्तुत बजेटमा जिल्लाका ८ स्थानीयतहलाई ३ अर्ब ९० करोड ७३ लाख परिमाणको बजेट विनियोजन हुँदा २ नगर र १ गाउँपालिकाबाहेकको बजेट गतवर्षभन्दा कम प्रस्ताव गरिएको छ।

धरानको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित सुनिश्चित

धरान उपमहागनरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) को जित सुनिश्चित भएको छ।

आज स्थानीयतह निर्वाचनः काठमाडौंका सडक बिहानैदेखि सुनसान

मतदानस्थललाई तीन घेरामा सुरक्षा प्रदान गरिएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका गृहमन्त्रालयले जनाएको छ।

‘कत्ल की रात’ अर्थात् मौन अवधिः नतिजा उल्ट्याउने समय

कतिपय अगुवाले पैसा लिएको उम्मेदवारको पक्षमा तोकेरै यति मत खसाल्न लगाउँछु भनेर लिखितरूपमै सकारेका हुन्छन्,। रकम लिएजति त्यस क्षेत्रबाट भोट नआउँदा निर्वाचनपछि पैसा फिर्ता माग्ने चलनसमेत छ।

त्रियुगामा गठबन्धन गर्ने र नगर्ने पक्षबीच बिबाद

सत्ता साझेदार दलहरू नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गर्ने केन्द्रीय सहमति भइसकेर जिल्लाजिल्लामा निर्देशन दिइसक्दासम्म गठबन्धन गर्ने र नगर्ने पक्षबीच बिबाद हुँदै गएको छ।

मतदानका लागि आतुर बन्दै स्थानीयतहका मतदाता

स्थानीयतहको निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाताहरुमा विस्तारै कसलाई मतदान गर्ने भन्ने छलफल हुन थालेको छ।

विद्यालय खुलाउँदै जुम्लाका स्थानीय तह

कोरोना संक्रमणका कारण लामो समयदेखि ठप्प भएका जुम्लाका विद्यालय खुल्न थालेका छन्। यहाँका स्थानीयतह शिक्षक,विद्यार्थीको कोरोना परिक्षण गर्दै कोरोना रिर्पोटका आधारमा विद्यालय खुलाउन थालेका हुन्।

उदयपुरका ८ मध्ये ७ स्थानीयतहले बजेट ल्याए

असार १० भित्र स्थानीयतहहरुले अनिवार्य बजेट ल्याउनुपर्ने बाध्यकारी प्रावधान अनुसार यहाँका ८ मध्ये ७ वटा स्थानीयतहले आगामी आर्थिकवर्षको बजेट तथा नीति कार्यक्रम बिहीबार प्रस्तुत गरेका छन्। कटारी नगरपालिकाले भने विशेष कारण देखाएर बजेट प्रस्तुत गरेन।

जुम्लाका स्थानीयतहमा अक्सिजनसहितको कोभिड अस्पताल

जुम्लाको एक नगरपालिका बाहेक ७ वटा गाउँपालिकामा अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा आएका छन्।

स्थानीय तह पुनर्संरचनापछि पूर्वाधारयुक्त हुँदै उदयपुरगढी

स्थानीय तह पुनर्संरचनापछि उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीको रुप फेरिँदै गएको छ । झण्डै ५ दशकअघि गाईघाटमा सदरमुकाम सारेपछि दिनदिनै उजाडिदै गएको गढी क्षेत्रले ०७४ मा स्थानीयतह पुनर्संरचनापछि बन्न थालेको पूर्वाधारले नयाँ स्वरुप लिन थालेको हो ।

स्थानीय तहमा यसरी भइरहेछ अनियमितता

स्थानीय तहमा व्यापक रुपमा अनियमियतता बढेको पाईएको छ। प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको मिलिमतोमा अनियमियता व्यापक रुपमा मौलाईरहेको तथ्य सार्वजनिक भएको हो। कोरोना संक्रमणका बेला स्वास्थ्य सामाग्रीमा पीपीई, क्वारेन्टिनको व्यबस्थापन लगायत राजापुर र गेरुवा गाउँपालिकामा व्यापक अनिमियतता गरेको खुलेको छ।

साकेला उधौलीमा स्थानीयतहको सार्वजनिक विदा

आज पर्न गएको आदिवासी जनजाति किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली (छिरीनाम)को अवसरमा उदयपुरका गाउँ तथा नगरपालिकाले सार्वजनिक विदा दिएका छन्।

एक स्थानीयतहबाट अर्को स्थानीयतहमा जान नपाइने

सरकारले एक प्रदेशाबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीयतहबाट अर्को स्थानीयतहमा आवागमनलाई कडाई गर्ने भएको छ। अनावस्यक आवागमनलाई सरकारले रोकेको हो। कोरोना भाइरस नियन्त्रणको लागि यसो गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

अत्यावश्यकीय वस्तु वडाबाट वितरण, गैरसरकारी संस्थालाई कडाइ

सरकारले कोरोना भाइरसको जोखिमलाई लिएर भएको लकडाउनपछि रोजगारीको अभावमा गुजारा चलाउन कठिन भएका परिवारलाई राहत प्रदान गर्ने भएको छ।

आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले लिने

गृह मन्त्रालयले आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले गर्ने निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज सिंहदरबारमा ‘आपूर्ति व्यवस्थापन सहज बनाउने’ विषयमा बसेको बैठकले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरी समिति गठन गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्