२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

उदयपुरका ५ स्थानीयतहको बजेट घट्यो

आगामी आर्थिकवर्ष ०८०/०८१ मा उदयपुरका ८ मध्ये ५ स्थानीयतहको बजेट घटेको छ। गत सोमबार अर्थमन्त्री डा. प्रकाशरण महतद्वारा प्रस्तुत बजेटमा जिल्लाका ८ स्थानीयतहलाई ३ अर्ब ९० करोड ७३ लाख परिमाणको बजेट विनियोजन हुँदा २ नगर र १ गाउँपालिकाबाहेकको बजेट गतवर्षभन्दा कम प्रस्ताव गरिएको छ।

प्रस्तुत बजेटमा सदरमुकाम त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिका बाहेक बाँकी २ नगर र ३ गाउँपालिकाको बजेट गतवर्षको तुलनामाा कम प्रस्ताव गरिएको छ। सरकारले वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक गरी ४ किसिममा दिने अनुदान रकममा बजेट घटेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरणमा उल्लेख छ।

०८०/८१ मा उदयपुरलाई चालुतर्फ ३ अर्व २८ करोड १९ लाख र पुँजीगत प्रकृतितर्फ ६२ करोड ५४ लाख विनियोजन भएको छ। जसमा ४ नगरपालिकालाई २ अर्ब ५७ करोड ७३ लाख र ४ गाउँपालिकालाई १ अर्ब ३३ करोड रकम विनियोजन भएको छ। चालु वर्षको तुलनामा नगरपालिकातर्फ त्रियुगा र कटारी तथा गाउँपालिकातर्फ उदयपुरगढीको बजेट बढे पनि बाँकी स्थानीयतहको घटेको छ।

४ नगरमध्ये सवभन्दा बढी त्रियुगा नगरपालिकालाई १ अर्व २ करोड ५ लाख बजेट विनियोजन भएको छ भने सवभन्दा कम बेलकालाई ४८ करोड २९ लाख। त्यसैगरी गाउँपालिकातर्फ उदयपुरगढीलाई सवभन्दा बढी ४५ करोड १६ लाख छ भने सबभन्दा कम लिमचुङबुङलाई २२ करोड ५४ लाख विनियोजन गरिएको छ।  

त्रियुगालाई वित्तीय समानीकरण अनुदान २० करोड १८ लाख तथा सशर्त ७८ करोड ७७ लाख छुट्याएको अर्थ मन्त्रालयले विशेष अनुदानवापत १ करोड ८० लाख र समपुरक पुँजीगत बजेट १ करोड ३० लाख विनियोजन गरेको छ। त्रियुगाको यो बजेट गतवर्षभन्दा १६ करोडले बढी हो। गतवर्षभन्दा ३ करोड ७३ लाख बढी बजेट पाएको कटारी नगरपालिकाले वित्तीय समानीकरण १० करोड ९७ लाख पाउँदा सशर्त ४२ करोड ७४ लाख पाउने भएको छ भने विशेष अनुदान ७६ लाख र समपुरक पुँजीगत १ करोड ७५ लाख गरी ५६ करोड २२ लाख बजेट विनियोजन भएको छ।  

अर्को नगरपालिका चौदण्डीगढीले आगामी वर्ष ५१ करोड १७ लाख बजेट पाउने भएको छ। जसमध्ये वित्तीय समानीकरण १३ करोड ८० लाख, सशर्त ३६ करोड १५ लाख, विशेष अनुदान ६२ लाख र समपुरक पुँजीगत ६० लाख रहेको छ। चौदण्डीगढीलाई चालु वर्षको तुलनामा १ करोड ४२ लाख घटी बजेट विनियोजन भएको छ। त्यसैगरी बेलका नगरपालिकालाई वित्तीय समानीकरण १२ करोड ७२ लाख, सशर्त ३१ करोड ६७ लाख, विशेष अनुदान २ करोड र समपुरक पुँजीगत १ करोड ९० लाख विनियोजन भएको छ। कुल बजेट ४८ करोड २९ लाख रहेको बेलकालाई चालु वर्षभन्दा ४ करोड ४८ लाख घटी विनियोजन गरिएको छ।  

प्रकाशित: १९ जेष्ठ २०८० १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App