६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

समाजमा आशा जगाउन सबै राजनीतिक एक हुनुपर्छः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आवश्यकता औंल्याएका हुन्।

महामन्त्री शर्माले नेपाल कहिल्यै पराधिन नभएपनि सुगौली सन्धिपछि धेरै भूभाग गुमाउनु परेको उल्लेख गर्दै ती भूभागलाई फिर्ता ल्याउने गरी आफूलाई बलियो बनाएर अघि बढ्न नेपालका राजनीतिक दलहरु सबै मिल्नुपर्ने बताए।

उनले नेपाल इतिहासको सबैभन्दा सुन्दरघडीमा रहेको र नेताहरु जनताको खरो प्रश्नभन्दा टाढा भाग्न नसक्ने अवस्था रहेकाले अब जनतामा आशा जगाउनका लागि साझा मनोविज्ञान बनाएर अघि बढनुपर्ने बताए। उनले निराशाको नाम दिने भन्दा त्यसलाई असन्तुष्टिको बाटोबाट सन्तुष्टिको खोजी, नयाँ सपनाको खोजीतर्फ लिएर जानुपर्ने पनि बताए।  

प्रकाशित: २३ वैशाख २०८१ १९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App