९ मंसिर २०८१ आइतबार
image/svg+xml

'सेनिटरी प्याडको रकम अन्यत्र प्रयोग नगर्नुस्'

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गरेका छन्। सामुदायिक विद्यालयहरुका छात्राहरुलाई निः शुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको शुभारम्भ गर्दै शिक्षामन्त्री पोखरेलले यो वा त्यो बाहनामा बजेट अन्यत्र प्रयोग हुन नदिन स्थानीय तहलाई आग्रह गरे।

मंसिर १२ देखि पुस ४ सम्मका सबै डाटा गायव

५ दिनअघि अज्ञात समूहले ‘ह्याक’ गरेको स्थानीयतहहरुको कम्प्युटर सफ्टवेयर मंगलबारसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन।

के काम गर्छन् ५ सय २१ रोजगार संयोजकले ?

रोजगार संयोजकका लागि फागुन ११ र १२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परीक्षा लियो। संयोजकका लागि २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका थिए। आवेदन दिनेहरु मध्ये ५ सय २१ जना संयोजकका लागि छानिए।

स्थानीयतहको सडक मोह

विकास भनेको देखिने हुनुपर्छ भन्दै बैतडीका स्थानीयतहले अधिकांश बजेट सडक निर्माणमा लगाएका छन्। जिल्लाका १० वटै स्थानीयतहले पहिलो प्राथमिकताका साथ धमाधम सडक काटन थालेका छन्।

अछामका स्वास्थ्य संस्था स्थानीयतहलाई हस्तान्तरण

अछाम जिल्लाका सबै स्वास्थ्य संस्था चैत पहिलो साताबाट स्थानीयतहलाई हस्तान्तरण गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला समन्वय समितिका संयोजक नरबहादुर कुंवरमार्फत सबै स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको हो।

सर्लाहीमा स्थानीयतहभन्दा १४ प्रतिशत कम मतदान

प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन अन्तर्गत साँझ ५ बजेसम्म आएको प्रारम्भिक जानकारी अनुसार सर्लाहीमा ६० प्रतिशत हाराहारीमा मतदान भएको छ। दुई महिना अघि भएको स्थानीय तहको निर्वाचनमा७४ प्रतिशत मतदान भएपनि यो निर्वाचनमा भने १४ प्रतिशत कमी मतदान भएको छ।

‘स्थानीयतहलाई समेट्ने सहकारी ऐन आवश्यक’

स्थानीयतहपुनः संरचनाअनुसार सहकारी ऐन बन्नुपर्ने म्याग्दीका सहकारीकर्मीले माग गरेका छन् । सदरमुकाम बेनीमा सहकारी संघ म्याग्दीले ६०औं सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा राज्यले तीन खम्बे अर्थनीतिमा सहकारीलाई समेत आवद्ध गरेपनि तल्लो स्तरको व्यवहार गर्ने गरेको आरोप लगाएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्