२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कोरोना संक्रमित स्याङजाका थप एक पुरुषको मृत्यु

कोरोना संक्रमित स्याङजाका अर्का एक पुरुषको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङजा सिरुवारीका ५५ वर्षीय पुरुषको बुधबार राति साढे ११ बजे मृत्यु भएको अस्पतालले बताएको छ ।

दक्षिण अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक लाख बढीको मृत्यु

दक्षिण अमेरिका र क्यारेबियन राष्ट्रहरुमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ । एएफपी समाचार संस्थाको गणना अनुसार मृत्यु भएकामध्ये आधाभन्दा बढी ब्राजिलका नागरिक छन् ।

पहिरोमा परि मृत्यु हुनेको संख्या ४ पुग्यो

शुक्रबारदेखिको बर्षाका कारण तानसेन नगरपालिका–११, सम्मोबारीमा पहिरोमा मृत्यु हुनेहरुको संख्या चार पुगेको छ । सोमबार गएको पहिरोले ४ सवारी साधन बगाएको थियो । प्रहरीले मङगलबार दिउँसो पहिरो पन्छाउने क्रममा थप एक जनाको शव फेला पारेको छ । यससँगै मृत्यु हुनेको संख्या ४ पुगेको हो ।

बाँकेमा कार दुर्घटना हुँदा दुईको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिक्टा जंगलमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १४ च २७८९ नम्बरको कार मंगलबार दिउँसो अन्दाजी पौने २ बजेतिर आफै अनियन्त्रित भएर रुखमा ठोक्किएर दुर्घटनामा परेको हो ।

पिसिआर नेगेटिभ आएका युवाको मृत्यु

पिसिआर रिपोर्ट नेगेटिभ आएपछि १५ दिन क्वारेन्टिन बसाईँ पूरा गरी घर फर्केका बलेफी गाउँपालिका–४ का २८ वर्षीय युवाको आइतबार मृत्यु भएको छ । स्वास्थ्यमा एक्कासी समस्या आएपछि उपचारका लागि खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल लैजाँदै गर्दा बाटामै उनको ज्यान गएको हो ।

पाल्पामा चार वटा सवारी साधन पहिरोले बगायो, दुई जनाको मृत्यु

पाल्पा गुल्मी सडकखण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउदा दुई जनाको शव फेला परेको छ । सोमबार साँझ तानसेन नगरपालिका वडा न. ११ सम्मोबारी भन्ने ठाउँमा गुल्मीतर्फ जाँदै गरेका सवारी साधनलाई पहिरोले बगाएको हो ।

क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

नौ दिनअघि क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु भएको छ । भारतको हिमाञ्चलबाट जेठ १६ आएका उनी १४ दिन क्वारेन्टिमा बसेर जेठ २९ गते घर गएका थिए । भेरीगंगा नगरपालिका–५ सिरेनीका ३४ वर्षीय युवकको आइतबार विहान ११ बजे छिन्चुस्थित गणेश मेडिकल हलमा उपचारका क्रममा मृत्यु भएको हो ।

गुल्मीमा हिँड्दै गरेको गाडीमाथि पहिरो खस्यो, एक जनाको मृत्यु

अविरल बर्षाका कारण पहाडी क्षेत्रमा पहिरोले क्षति गरेको छ । गुल्मीको धुर्कोट गाउँपालिका ३ हर्रापाटामा गुडेरिहेको जीपमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीमा भीरबाट लडेर दुई जनाको मृत्यु

अर्घाखाँचीमा लडेर दुई जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको हो ।

७ महिने गर्भवती शंकास्पद अवस्थामा मृत फेला

कपिलवस्तु नगरपालिका वडा नम्बर १२ सौराहाकी गर्भवती महिला शंकास्पद अवस्थमा मृत फेला परेकी छिन् । ७ महिनाको गर्भवती १८ वर्षिया अनिता बानिया घरमा मृत अवस्थामा फेला परेकी हुन ।

कोरोनाका कारण सुदूरमा तेस्रो महिलाको मृत्यु

कोरोनाका कारण कैलालीमा एक महिलाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मंगलबार उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

रुसमा २ समूहबीच गाेली हानाहान हुँदा ४ जनाको मृत्यु

पूर्व इन्गुसेटिया गणतन्त्रको राजधानी रहेको नजरानस्थित एक अनुसन्धान समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय वासिन्दाको समूहबीच भएको विवादपछि गोली चलेको र घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ। उक्त घटनामा तीन जना अन्य व्यक्ति घाइते भएका छन्।’

सुर्खेतमा क्वारेन्टिनमा बसेका एकको मृत्यु

सुर्खेतस्थित गुर्भाकोट–८,सिर्जना प्राविको क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ । गुर्भाकोट–७, का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

खोलामा डुबेर किशोरको मृत्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १ का १५ वर्षिय एक किशोरको खोलामा डुबेर मृत्यु भएको छ । आईतवार बिहान १० बजेतिर सुरही खोलामा विजय आरखको डुबेर मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्