२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

नौ दिनअघि क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु भएको छ । भारतको हिमाञ्चलबाट जेठ १६ आएका उनी १४ दिन क्वारेन्टिमा बसेर जेठ २९ गते घर गएका थिए । भेरीगंगा नगरपालिका–५ सिरेनीका ३४ वर्षीय युवकको आइतबार विहान ११ बजे छिन्चुस्थित गणेश मेडिकल हलमा उपचारका क्रममा मृत्यु भएको हो ।

शिखर मावि रामघाटको क्वारेन्टिनमा १४ दिनबसेपछि उनको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो । आरडीटी नेगेटिभ आएपछि उनीसहित ७० जनालाई सात दिनसम्म होम क्वारेन्टिनमा बस्ने गरेर घर पठाइएको थियो । शनिबार बेलुका खाना खाएपछि उनलाई झाडावान्ता भएको परिवारका सदस्यले बताएका छन् ।

‘विहान उपचारका लागि छिन्चुको मेडिकलमा ल्याइएको रहेछ,’ भेरीगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश बुढाले भने, ‘उपचारकै क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।’ मृतक युवकको पोलिमेरीज चेन रियाक्सन (पीसीआर) का लागि स्वाब संकलनको काम भइरहेको उनले जानकारी दिए ।

प्रकाशित: ७ असार २०७७ ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App