१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

७ महिने गर्भवती शंकास्पद अवस्थामा मृत फेला

कपिलवस्तु नगरपालिका वडा नम्बर १२ सौराहाकी गर्भवती महिला शंकास्पद अवस्थमा मृत फेला परेकी छिन् । ७ महिनाको गर्भवती १८ वर्षिया अनिता बानिया घरमा मृत अवस्थामा फेला परेकी हुन । मृतकका श्रीमान बृजेश बानियाले मंगलवार राति आफ्नो श्रीमतीले झुन्डिएर आत्महत्या गरेको दाबी गरेका छन् । तर छिमेकी अनुसार कोठाको ढोका खुलेको र पासो समेत काटेर शवलाई खाटमा राखिएको अवस्थामा भेटिएको थियो ।  

मायादेबी गाउँपालिकाको अभिरावका मृतकका माईती पक्षले भने आफ्नो छोरीको हत्या गरिएको आरोप लगाएका छन् । यधपि अझै लिखित उजुरी भने नपरेकोच प्रहरीले जनाएको छ । प्रहरी नायब उपरिक्षक सुनिल मल्लले मृतकका पतिले झुन्डिएर आत्महत्या गरको बताए पनि ढोका खुलेको र घाटीमा लगाएको चुन्नीको पासो काटेको अवस्थमा शव भेटिएको बताए । श्रीमतीलाई बचाउन आफूले पासो काटेको बृजेशले प्र्रहरीलाई बताएका छन् । 

ढोका खुला रहनु र पासो समेत आफै काट्नुले घटना शंकास्पद रहेको प्रहरी श्रोतले जनाएको छ । प्रहरीले मृतकको शवलाई पोस्टमर्टमका लागि कपिलवस्तुमा अस्पताल लगएिको छ । घटनाको अनुसन्धान भईरहको र शवको पोस्टमार्टमको रिपोर्ट आएपछि अन्य जानकारी आउने प्रहरी नायब उपरीक्षक मल्ले बताए । मृतकको एक वर्षअघि बिवाह भएको थियो । श्रीमान श्रीमतीबीच झै झगडा हुने गरेको माईती पक्षको आरोप छ । 

प्रकाशित: ३ असार २०७७ १४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App