२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसमा २ समूहबीच गाेली हानाहान हुँदा ४ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर

रुसको दक्षिणी सहर नजरानमा दुई समूहबीच भएको झगडामा गोली चल्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्। 

पूर्व इन्गुसेटिया गणतन्त्रको राजधानी रहेको नजरानस्थित एक अनुसन्धान समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘स्थानीय वासिन्दाको समूहबीच भएको विवादपछि गोली चलेको र घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ। उक्त घटनामा तीन जना अन्य व्यक्ति घाइते भएका छन्।’

स्थानीय साना घटनाको अनुसन्धान प्रयोजनका लागि रहेको रुसी उक्त समितिका अनुसार घटनामा १५ जनाको सहभागिता थियो । विवाद आफन्तबीचको जग्गाको टुक्रालाई लिएर भएको बताइएको छ । मृतकमध्ये एक प्रहरी र एक राष्ट्रिय सुरक्षा अधिकृत पनि रहेका बताइएको छ। 

प्रकाशित: २ असार २०७७ १५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App