२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

अर्घाखाँचीमा भीरबाट लडेर दुई जनाको मृत्यु

अर्घाखाँचीमा लडेर दुई जनाको मृत्यु भएको छ ।  सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको हो ।  

खेतमा रोपाइँ गरी घर फर्कने क्रममा मालारानी गाउँपालिका–५ आरुखोलाका ४९ वर्षीय मनबहादुर खत्री बाटोदेखि करिब ५० मिटर तल खसेर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको स्थानियले बताएका छन् ।

यस्तै, सन्धिखर्क नगरपालिका–२, भलायडाँडाका ५५ वर्षीय वसन्त कुमाल सन्धिखर्कको पाणिनी बहुमुखी क्याम्पस भवन निर्माणको काम गर्ने क्रममा लडेर घाइते भएका थिए । कुमाललाई उपचारका लागि बुटवल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरिक्षक प्रकाश खत्रीले जानकारी दिए ।

प्रकाशित: ५ असार २०७७ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App