coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाँकेमा कार दुर्घटना हुँदा दुईको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिक्टा जंगलमा भएको दुर्घटना । तस्बिर : नागरिक

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिक्टा जंगलमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १४ च २७८९ नम्बरको कार मंगलबार दिउँसो अन्दाजी पौने २ बजेतिर आफै अनियन्त्रित भएर रुखमा ठोक्किएर दुर्घटनामा परेको हो ।  

दुर्घटनामा परी कार चालक चितवन भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी ४१ वर्षिय कमलराज लम्साल र नवलपरासी कावासोती नगरपालिका वडा नम्बर ८ का २२ वर्षिय छितिजराज कुँवरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका कार चालक लम्सालको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा अपरान्ह पौने ४ बजेतिर र कँुवरको साढे ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।  

कार सडकबाट ३ मिटर दाहिने साईडमा रहेको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ । राजमार्गमा हालै गरिएको कालोपत्रे उप्किएर सडकभरी गिट्टी भएका कारण अचेल त्यस क्षेत्रमा दिनहुँ दुर्घटना हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । तीव्र गतिमा गुड्ने सवारी साधन ब्रेक लगाउने क्रममा प्रायः दुर्घटनामा पर्ने गरेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रकाशित: ९ असार २०७७ १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App