१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सुर्खेतमा क्वारेन्टिनमा बसेका एकको मृत्यु

सुर्खेतस्थित गुर्भाकोट–८,सिर्जना प्राविको क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ । गुर्भाकोट–७, का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार उनको बिहान १०ः१५ बजेतिर मृत्यु भएको हो । ‘मृतक पुरुष २१ गते भारतबाट घर फर्किएका थिए,’ उनले भने, ‘उनी घर नगएर स्थानीय तहले बनाएको क्वारेन्टिनमा बसेका थिए ।’ प्रहरीका अनुसार उनी मुटु रोगका बिरामीसमेत थिए ।

उक्त विद्यालयमा चारवटा कोठालाई क्वारेन्टिन बनाइएको छ । क्वारेन्टिनमा ३० जना बस्दै आएका थिए । मृतक पुरुषको स्वाब संकलन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १ असार २०७७ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App