२३ आश्विन २०८१ बुधबार
image/svg+xml

दाङको क्वारेन्टिनमा प्यूठानका युवाको मृत्यु

दाङको क्वारेन्टिनमा बसेका प्यूठानका एकजनाको मृत्यु भएको छ । उनी प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर वडा नम्बर ४ आँपचौरका १८ वर्षीय युवा हुन् । १२ जेठमा भारतबाट आएर दाङको बंगलाचुली गाउँपालिका–६ स्थित क्वारेन्टिनमा बसेका उनी तीन दिन देखि अस्वस्थ थिए । उनलाई स्वास प्रश्वासमा समस्या हुने, नाकबाट सिंगान बग्ने र बान्ता गर्दा रगत आउने समस्या देखिएको थियो ।

उदयपुरका ट्रक चालकको सोलुखुम्बु मृत्यु

उदयपुरका ट्रक चालकको सोलुखुम्बुमा भएको दुर्घटनामा परी मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका ४ सिम्लेका ३५ वर्षीय कुमार परियारको शुक्रबार साँझ सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका ८ मा दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमित हुँदैमा कोरोनाले मात्र मृत्यु भएको नमानिने

कुनै विरामीमा कोरोना पोजिटिभ भएपनि अन्य मृत्यु हुनुको अन्य कारण छ भने कोरोनाले मृत्यु भएको नमानिने भएको छ। कोभिड १९ ले मृत्यु भएका सम्वन्धी कार्यविधि २०७६ को पहिलो संशोधन २०७७ मा यस्तो व्यवस्था गरिएको हो।

ट्याक्टर दुर्घटनामा बालिकाको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटनामा पर्दा एक बालिकाको मृत्यु भएको छ । गाईघाटबाट जस्ता पाता तथा डिजल र साबुन बोकेको स १ त ५१०७ नं. को ट्याक्टर बिहीबार साँझ उदयपुरगढी गाउँपालिका-७ को बागखोरमा दुर्घटनामा पर्दा उदयपुरगढी ६ की ९ वर्षीया बिबिषा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत

कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई बढैयाताल गाउँपालिकाले राहत दिने निर्णय गरेको छ।

सुनौलीमा मृत्यु भएका नवलपरासीका युवकमा कोरोना पुष्टि

बुटवल भारतबाट फकर्ने क्रममा रुपन्देहीको बेलहिया नाका पारी सुनौलीमा मृत्यु भएका नवलपरासीका एक युवकलाई कारोना संक्रमण भएको पुष्टि भएको छ । मुम्बईबाट घर फर्कदै गरेका पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिकाको कुडीयाका ३५ वर्षे युवकको बुधबार दिउँसो बेलहिया पारी दशगजा नजिकै मृत्यु भएको थियो ।

मृतकको स्वाब नै गायब, दाहसंस्कारमा अन्यौलता

सोमबार मृत्यु भएका मालारानी गाउँपालिकाका एक पुरुषको स्वाब नै गायब भएको छ । मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको स्वाब हराएको पाईएको हो ।

पहिरोमा पुरिएर दुईको मृत्यु

रघुगङ्गा गाउँपालिका–६ रायखोरमा पहिरोमा पुरिएर गएराति दुई जनाको मृत्यु भएको छ। पाचास वर्षीया हमाया शेरपुञ्जा र चार वर्षीया सिम्रन छन्त्यालको पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

कोरोना संक्रमण पुष्टि भएको २४ घण्टाभित्रै मृत्यु र अन्त्येष्टि

गत वैशाख पाँच गते कोरोना संक्रमणको पहिलो पुष्टि भएको चितवनमा मंगलबार कोरोना संक्रमणकै कारण पहिलो मृत्यु भएको छ । भरतपुर महानगरपालिक–११ निवासी ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएको २४ घण्टाभित्रै मृत्यु भएका संक्रमितको देवघाट विकास क्षेत्रभित्र पर्ने वन क्षेत्रमा गाडेर अन्त्येष्टि गरिएको छ ।

कुटपिटबाट घाइते युवाको मृत्यु

कुटपिटका कारणबाट खोटाङमा एक युवाको मृत्यु भएको छ । झगडाकाक्रममा कुटपिट हुँदा घाइते भएका खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवाका २७ वर्षीय सन्तोष राईको मृत्यु भएको हो । सोमबार साँझ कुटिएका सन्तोष सुताएकै ठाउँमा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।

दीर्घ रोगीको मृत्युको कारण बन्यो कोरोना

मिर्गौलाका दीर्घरोगी, अरु रोग पनि थिए उनलाई । यसै पनि शारीरिक अवस्था नाजुक हुँदै गएको थियो । त्यसैमाथि कोरोना देखिएपछि परिवारले उनको आश मारिसकेका थिए । नभन्दै भयो त्यस्तै । उनले आइतबार राति सधैंका लागि सबैसित बिदा लिए ।

कामबाट हटाएपछि शरीरमा आगो लगाएका आउजीको मृत्यु

बयलपाटा अस्पतालले कामबाट हटाएपछि अस्पतालमै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका सिद्धार्थ आउजीको मृत्यु भएको छ । उनको नेपालगजको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

रोल्पा विस्फोट : ‘मृत्युमा बिभेद’

एकै प्रकृतीको घटनामा राज्यले बिभेद गरेको भन्दै रोल्पा बम विस्फोटका पीडित परिवारले सरकारको बिरोध गरेका छन् । गत बैसाख १८ गते त्रिबेणी गाउँपालिका ७ दुम्ला खोला नजिकै गहुबारीमा बम विस्फोट हुँदा गोठालो गएका स्थानीय ४ बालबालिकाले अनाहकमा ज्यान गुमाएका थिए ।

गाडी खस्दा एकको मृत्यु

भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ३ झौखेल कालीखोलास्थित कालीघाटमा गाडी खस्दा एकजनाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्