२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दाङको क्वारेन्टिनमा प्यूठानका युवाको मृत्यु

दाङको क्वारेन्टिनमा बसेका प्यूठानका एकजनाको मृत्यु भएको छ । उनी प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर वडा नम्बर ४ आँपचौरका १८ वर्षीय युवा हुन् । १२ जेठमा भारतबाट आएर दाङको बंगलाचुली गाउँपालिका–६ स्थित क्वारेन्टिनमा बसेका उनी तीन दिन देखि अस्वस्थ थिए । उनलाई स्वास प्रश्वासमा समस्या हुने, नाकबाट सिंगान बग्ने र बान्ता गर्दा रगत आउने समस्या देखिएको थियो । 

‘उहाँ तीन दिन देखि अस्वस्थ हुनुहुन्थ्यो,’ बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तवहादुर ओलीले भने, ‘समयमै उपचार नपाउँदा उहाँको मृत्यु भयो ।’ अध्यक्ष ओलीका अनुसार सुरुमा ति बिरामीलाई बेलझुण्डि स्थित कोरोना बिशेष अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ अस्पतालले उनलाई भर्ना गर्न मानेन । ‘बेलझुण्डि स्थित कोरोना अस्पतालमा उपचारका लागि पठाईयो,’ ओलीले भने ‘त्यहाँ भर्ना गर्नै मानिएन, तर बिरामीको अवस्था गम्भिर बन्दै गईरहेको थियो ।’ 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपचार सम्भव नभएको भन्दै अध्यक्ष ओलीले ति बिरामीलाई शनिबार बुटवल पठाउन लागिएको बताए । शनिबार बिहान उपचारका लागि बुटवल लैजाँदै गर्दा ति बिरामीको बाटोमै मृत्यु भएको ओलीले जानकारी दिए । ‘समयमै उहाँको उपचार सम्भव भएको भए शायद यो दुखद घटना हुने थिएन,’ उनले भने ‘जिल्लामा उपचार नपाएपछि बुटवल लैजान थालियो, अन्ततः उहाँको बाटोमै मृत्यु भयो ।’ मृत्यु भएका व्यक्तिको स्वाब ८ दिन अघि लिईसकिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वाब परिक्षणको क्रममै छ ।  

प्रकाशित: ३१ जेष्ठ २०७७ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App