coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

दाङको क्वारेन्टिनमा प्यूठानका युवाको मृत्यु

दाङको क्वारेन्टिनमा बसेका प्यूठानका एकजनाको मृत्यु भएको छ । उनी प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर वडा नम्बर ४ आँपचौरका १८ वर्षीय युवा हुन् । १२ जेठमा भारतबाट आएर दाङको बंगलाचुली गाउँपालिका–६ स्थित क्वारेन्टिनमा बसेका उनी तीन दिन देखि अस्वस्थ थिए । उनलाई स्वास प्रश्वासमा समस्या हुने, नाकबाट सिंगान बग्ने र बान्ता गर्दा रगत आउने समस्या देखिएको थियो ।

सुनौलीमा मृत्यु भएका नवलपरासीका युवकमा कोरोना पुष्टि

बुटवल भारतबाट फकर्ने क्रममा रुपन्देहीको बेलहिया नाका पारी सुनौलीमा मृत्यु भएका नवलपरासीका एक युवकलाई कारोना संक्रमण भएको पुष्टि भएको छ । मुम्बईबाट घर फर्कदै गरेका पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिकाको कुडीयाका ३५ वर्षे युवकको बुधबार दिउँसो बेलहिया पारी दशगजा नजिकै मृत्यु भएको थियो ।

जसले हजार माइल यात्रा गरे, घर अगाडि ज्यान गुमाए

पञ्चपुरी–¬१, का २० वर्षीय युवक भारतमा रोजगारी गुमेपछि जेठको पहिलो साता स्वदेश फर्किए। हजार माइल यात्रा गरेर आएका उनी कोरोनाको जोखिम न्यूनीकरण गर्न गाउँमै बनाएको क्वारेन्टिनमा बसे। १५ दिन क्वारेन्टिनको बसाइँ पछि आरडीटी रिपोर्ट नेगेटिभ आउँदा खुसी साथ घर फर्किए। सुखी साथ परिवारसँग सँगै बस्ने उनको यात्रा घर नजिकै सकियो। मृत्युपछि कोरोना परीक्षण गर्दा उनीमा पोजेटिभ पुष्टि भयो।

भारतबाट फर्कने क्रममा मृत्यु भएका व्यक्तीमा कोरोना पोजेटिभ

गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका कृष्ण बहादुर गैरेको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ ।

गाउँमा झगडा मिलाएर फर्कदै गरेका प्रहरी ईञ्चार्जको बाटाेमै मृत्यु

गाउँमा झगडा मिलाएर कार्यालयतर्फ फर्कदैं गरेका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ७ मा रहेको खेवाङ प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक(असई)बालकुमार राईको बाटैमा मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्