२० श्रावण २०७७ मंगलबार
समाज

कुटपिटबाट घाइते युवाको मृत्यु

कुटपिटका कारणबाट खोटाङमा एक युवाको मृत्यु भएको छ । झगडाकाक्रममा कुटपिट हुँदा घाइते भएका खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवाका २७ वर्षीय सन्तोष राईको मृत्यु भएको हो । सोमबार साँझ कुटिएका सन्तोष सुताएकै ठाउँमा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।

झगडामा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । कुटपिटपछि घाइते भएका राईलाई घट्नामै संलग्न लालबहादुर सुनुवारको घरमा लगेर राखिएकामा बिहान मृत्यु भएको स्थानीयले बताएका छन् ।  

युवाबीचमा तीनडाँडास्थित एक स्थानीयको घरमा झगडा भएको थियो । उनीहरुबीचमा भएको झगडाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । यद्यपी योजनाको विषयमा झगडा भएको सुनिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । शव पोष्टर्माटमका लागि प्राथमिक स्वास्थ्यचौकी चिसापानीमा लगिएको छ । 

प्रकाशित: २७ जेष्ठ २०७७ १६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App