५ आश्विन २०८१ शनिबार
image/svg+xml

सवा करोडमा कृषि अनुसन्धान केन्द्र

गोरखा नगरपालिका–११ तेह्रकिलोमा कृषि अनुसन्धान केन्द्र निर्माण भएको छ । गैरसरकारी संघसंस्थामा आवद्ध व्यक्तिलगायत व्यापारी व्यवसायीसहित २३ जनाको टोलीले एक करोड २५ लाख लागतमा एकीकरण कृषि फार्म तथा अनुसन्धान केन्द्र सुरु गरेको हो ।

‘यो सरकार कामचलाउ’

निर्वाचन घोषणा गरी प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कामचलाउ मात्र भएको विश्लेषण गर्न थालिएको छ। कामचलाउ भएकाले यो सरकारले आगामी निर्वाचन मात्र गर्न सक्ने, दूरगामी प्रभाव पर्ने अन्य कुनै निर्णय गर्न नसक्ने बताइएको छ।

सरकारविरुद्ध विप्लव नेकपासहित ४ पार्टीको मोर्चाबन्दी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका चार राजनीतिक दलले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका छन्।

मुख्यमन्त्रीद्वारा केपि ओली पक्षीय मन्त्रीलाई बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले केपी ओली पक्षीय भौतिक योजना तथा विकास मन्त्री पठानसिंह वोहरालाई बर्खास्त गरेका छन्।

कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालय र अख्तियारविरुद्ध रिट दायर

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयाग अनुसन्धानको कार्यालय सुर्खेतलगायतका अन्य सार्वजनिक सेवा प्रदायक संस्थालाई विपक्षी बनाएर उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ।

पार्टी विभाजनले लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन : प्रवक्ता चौधरी

प्रवक्ता चौधरीले बाहिर हल्ला फिजाइएको जस्तो प्रदेश सरकार परिवर्तन नहुने दाबी गरे। 'अहिले सरकार परिवर्तन हुँदैन, मैले बुझेअनुसार सबै मन्त्रीहरु मुख्यमन्त्रीकै लाइनमा हुनुहुन्छ', उनले भने। उनले बैठकमा सरकारका सबै मन्त्रीहरु सहभागी भएको र सरकार फेरबदलबारे कुनै आवाज नउठेको हुँदा पार्टी विभाजनको प्रभाव लुम्बिनी प्रदेश सरकारमा नपर्ने बताए।

उखु किसान र सरकारबीच सहमति

उखु बिक्री गरेको रकम पाउनुपर्ने माग गर्दै दुई सातादेखि आन्दोलनरत उखु किसानले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। उखुको बक्यौता रकम २१ दिनभित्र भुक्तानीको व्यवस्था मिलाउने सरकारको प्रतिबद्धतापछि किसानले आन्दोलन रोकेका हुन्।

ओली सरकार आतंककारी हो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘आतंककारी सरकार’को संज्ञा दिएका छन्। नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ को आयोजनामा सोमबार भक्तपुरमा भएको विरोधसभामा सभापति देउवाले अहिलेको कम्युनिस्ट सरकारको आतंककारी गतिविधि समाप्त पार्नु जनताको जिम्मेवारी रहेको बताए।

कोरोना भाइरस फैलिएको भनेर समाचार लेखेको आरोपमा चीनमा एक पत्रकारलाई ४ वर्ष जेल !

चीनको उहानमा कोरोना भाइरस फैलिएको भनेर समाचार लेखेको आरोपमा त्यहाँकी एक पत्रकारलाई चार वर्षको जेल सजाय सुनाइएको छ।

स्थानीय सरकारको बेथिति

जनताको घर/आँगनकै सरकारका रूपमा परिचित स्थानीय सरकारले सर्वसाधारणको सुख दु:खमा साथ दिनुपर्ने हो । तर उल्टै कतिपय स्थानमा स्थानीय सरकारका काम कारबाही र गतिविधिका कारण स्थानीय सर्वसाधारण उल्टै आहत भएका छन् । स्थानीय सरकार र ठेकेदारबीचको मिलेमतो विभिन्न स्थानीय तहमा देखिएकै हो ।

द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार, कुरुवाललाई भत्ता

कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्ता भएका व्यक्तिहरुलाई निःशुल्क उपचार गर्ने भएको छ। प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चिकित्सा विज्ञान राष्ट्रिय वीर अस्पताल काठमाडौं र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमार्फत घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्नेछ।

फ्रान्समा पनि देखियो कोरोना भाइरसको नयाँ प्रकार

बेलायतपछि फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रकार देखिएको छ। फ्रान्समा पहिलो पटक एक व्यक्तिमा उक्त भाइरस देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इलाममा बलात्कारका घटना भयावहः चार वर्षमा ९० घटना

समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ। इलाममा चार वर्ष (२०१७–२०२०) मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ।

किन टिकाउन मुस्किल छ कलाकारलाई विवाह

हास्य कलाकार मनोज गजुरेलले पूर्वपत्नी मिना ढकालविरुद्ध कानुनी उपचार रोज्ने निधो गरेका छन्। दोस्रो विवाहको तयारीमा जुटिरहेका उनले सामाजिक सञ्जालमार्फत पूर्वपत्नी ढकालले झुटा आरोप लगाएर विभिन्न माध्यमबाट गाली बेइज्जत गरी मानसिक तनाव दिने क्रम जारी राखेको जनाउँदै कानुनी उपचार खोज्न लागेको उल्लेख गरेका हुन्।

कोलम्बीयामा पत्रकारको हत्या

संगठित अपराधका बारेमा समाचार लेख्दै आएका एक जना कोलम्बियाली पत्रकारको गोली हानी हत्या गरिएको छ। सोमबार गोली लागेका पत्रकार फेलिपे गुएभेराको बुधबार उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्