८ वैशाख २०८१ शनिबार
राजनीति

पार्टी विभाजनले लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन : प्रवक्ता चौधरी

प्रतिनिधिसभाको विघटन र नेकपा विभाजनले कुनै असर नगर्ने लुम्बिनी प्रदेश सरकारले दाबी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराउँदै  प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउने अवस्था अहिले नभएको स्पष्ट पारे।

प्रवक्ता चौधरीले बाहिर हल्ला फिजाइएको जस्तो प्रदेश सरकार परिवर्तन नहुने दाबी गरे। 'अहिले सरकार परिवर्तन हुँदैन, मैले बुझेअनुसार सबै मन्त्रीहरु मुख्यमन्त्रीकै लाइनमा हुनुहुन्छ', उनले भने। उनले बैठकमा सरकारका सबै मन्त्रीहरु सहभागी भएको र सरकार फेरबदलबारे कुनै आवाज नउठेको हुँदा पार्टी विभाजनको प्रभाव लुम्बिनी प्रदेश सरकारमा नपर्ने बताए। 

सो बैठकले दाङको तुलसीपुर नगरपालिका र स्पेनको विलवाओ नगरपरिषद्बीच भगिनी सम्बन्ध स्थापित गर्ने एक मात्र प्रस्तावमा छलफल गरी पारित गरेको उनले जानकारी दिए। रासस

प्रकाशित: १४ पुस २०७७ ०१:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App