८ वैशाख २०८१ शनिबार

फुटको संघारमा जसपा: लुम्बिनीमा को बलियो?

जनता समाजवादी पार्टी विभाजन गर्ने सहमति भएपछि दुई पक्षबीच नेता तथा कार्यकता ताना-तान सुरु भएको छ।

एमाले नेता देशव्यापी दौडाहामा

बिहीबार सुवास नेम्वाङ उदयपुरको गाईघाट, भीम रावल कैलाली हुँदै अछाम, घनश्याम भुसाल रूपन्देही, योगेश भट्टराई पर्वत, सुरेन्द्र पाण्डे चितवन, पोखरा हुँदै बाग्लुङ पुगेका छन् ।महासचिव ईश्वर पोखरेल काभ्रे पुगे।

कार्यकर्ता तान्न ओली–नेपाल होडबाजी

ओलीले केन्द्रीय समितिमा रिक्त ५५ सदस्यमा तत्कालीन वरिष्ठ नेता नेपाल पक्षका नेताहरूमध्येबाटै राख्ने भएका छन्। २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जना नेकपा एस मा लागेपछि ती पद रिक्त भएका हुन्। खाली स्थानमा विगतमा नेपाल खेमामा रहेका नेताहरूलाई मनोनयन गरिने भएपछि धेरै नेता नेकपा एस मा नजाने आकलन गरिएको छ।

पार्टी विभाजनविरुद्ध उत्रिन एमालेको आन्तरिक सर्कुलर

नेकपा (एमाले)ले पार्टी विभाजनविरुद्ध उत्रिन आन्तरिक सर्कुलर जारी गरेको छ। प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टी विभाजनविरुद्ध उत्रिन एमालेले आइतबार आन्तरिक पार्टी निर्देशन जारी गरेको हो।

अझै पार्टीको नेतृत्व गर्ने ओलीकाे संकेत

‘म स्वाभाविक रुपमा अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रयास गर्छु। अर्को व्यवस्था नभएसम्म वा कसैले चुनौती नदिएको अवस्थासम्म अध्यक्ष हुन्छु।’

केही व्यक्ति चोइटिए: ओली

वरिष्ठ नेता नेपाल पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि एमाले अध्यक्ष ओलीले पार्टी विभाजन नभई चोइटिएको बताएका छन्। भक्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा ओलीले केही व्यक्ति चोइटिएर गएको बताए।

प्रथम अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेल भएको पार्टी नै आधिकारिक : सुवासचन्द्र नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णु पौडेल भएको पार्टी नै आधिकारिक हुने दाबी गरेका छन्।

पार्टी विभाजनले लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन : प्रवक्ता चौधरी

प्रवक्ता चौधरीले बाहिर हल्ला फिजाइएको जस्तो प्रदेश सरकार परिवर्तन नहुने दाबी गरे। 'अहिले सरकार परिवर्तन हुँदैन, मैले बुझेअनुसार सबै मन्त्रीहरु मुख्यमन्त्रीकै लाइनमा हुनुहुन्छ', उनले भने। उनले बैठकमा सरकारका सबै मन्त्रीहरु सहभागी भएको र सरकार फेरबदलबारे कुनै आवाज नउठेको हुँदा पार्टी विभाजनको प्रभाव लुम्बिनी प्रदेश सरकारमा नपर्ने बताए।

ओली समूहको केन्द्रीय सदस्यमा उदयपुरका आधादर्जन

पार्टी विभाजनसँगै सत्तारुढ दल नेकपाको ओली तथा प्रचण्ड–माधव समूहको अलग–अलग भेलाले नेता कार्यकर्ता तानातानमा पर्न थालेका छन्। यसै क्रममा मंगलबार विहान सम्पन्न ओली समूहको भेलाले उदयपुरका आधादर्जनलाई महाधिवेशन आयोजक समिति (केन्द्रीय सदस्य) मा मनोनयन गरेको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्