५ आश्विन २०८१ शनिबार
image/svg+xml

बेरोजगारलाई रोजगार दिने सुरसारै छैन

सरकारले चालु आर्थिक वर्षमा बेरोजगारलाई रोजगारी दिने भनेको प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छैन।१८ देखि ५९ वर्ष उमेर समूहको बेरोजगारलाई रोजगारी दिने भनिएको यो कार्यक्रम आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा सञ्चालनको तयारी छैन।

रसुवामा एक सय तीनलाई रोजगारी

रसुवामा आइतबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। स्थानीय तहबाटै पर्याप्त मात्रामा रोजगारीका अवसर सिर्जना गर्ने गरी कार्यक्रम सुरु भएको हो।

समृद्ध नेपालका लागि गरिबी अन्त्य गर्नुपर्छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल बनाउन गरिबीको अन्त्य गर्नुपर्ने बताएकी छिन् । काठमाडौंमा बुधबार आयोजना गरेको ‘दक्षिण एशिया लैंगिक संवेदनशील मूल्य श्रृंखला’ कार्यक्रममा यस्तो धारणा राखेकी हुन् । गरिबी निवारण बिना समृद्धि हासिल गर्न नसकिने बताउँदै गरिवी निवारण गर्न सरकार, सहकारी, निजी क्षेत्र र विकासका साझेदारले एकीकृत प्रयास गर्नुपर्ने बताइन् ।

चितवन दूधमा आत्मनिर्भर

चितवन जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गरिएको छ।जिल्लामा आवश्यक परिमाणभन्दा धेरै उत्पादन भएकाले बुधबार जिल्लालाई आत्मनिर्भर घोषणा गरिएको हो।जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बुधबार रत्ननगरमा कार्यक्रम गरेर चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरियो।

गुठी आन्दोलन चर्किएपछि बोल्यो सरकार, विधेयक परिमार्जन गर्ने संकेत

गुठी विधेयकविरुद्ध आन्दोलन चर्किएपछि सरकारले परिमार्जनको संकेत गरेको छ।

सबै प्रकारका गरिबीबाट मुक्त नेपाल बनाउने अभियानमा छौंः मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत कृषिमा आत्मनिर्भर हुन सकिने बताएकी छन्।  ललितपुर जिल्ला बचत तथा ऋण संघको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीले उत्पादन बढाएर कृषिको व्यापारघाटा कम गर्नुपर्ने बताइन्। ‘अब सहकारी साना साना उद्योगदेखि ठूला प्रोजेक्टसम्म लगानी गर्नै पर्छ’ उनले भनिन्। उत्पादनमा जान सहकारी ऐन र नियमावलीमा समस्या भए संशोधन गर्न तयार रहेको उनको भनाइ छ।

हवाई टिकट खरीदमा हिनामिना गर्नेविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हजयात्रीका लागि हवाई टिकट खरीद गर्ने क्रममा अनियमिता गरेको भन्दै हज कार्यसम्पादन उपसमितिका पदाधिकारी तथा ट्राभल एण्ड टुर्सका सञ्चालक विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

बेलायतबाट प्रधानमन्त्रीले भने : विदेशको कारोबार टुंग्याएर नेपाल फर्कनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा भएका नेपालीलाई आफ्नो कारोबार टुंग्याएर स्वदेश फर्कन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली दूतावास लन्डनमा आयोजित स्वागत समारोहमा बोल्दै ओलीले त्यहाँ रहेका नेपालीहरुलाई कारोबार टुंग्याएर देशको लागि केही गर्न नेपाल आउन आव्ह्वान गरे।

पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलायो, असई घाइते (फाेटाे फिचर)

पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। गोली चलाएर लागुऔषध कारोबारी समूहका नाइके गोविन्द थापा (जोन) लाई उत्तम चोक बाट प्रहरीले पक्राउ गरेको हो।

आर्थिक वर्ष सकिन लाग्दा बल्ल तथ्यांक

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वडा छन्। बेरोजगारलाई रोजगार दिने उद्देश्यले सुरु प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि अहिले बेरोजगारको तथ्यांक मात्र संकलन भएको छ।

सर्लाहीको उत्तरी क्षेत्रमा खानेपानी हाहाकार

उत्तरी क्षेत्रका हरिवन, बागमती, लालबन्दी, ईश्वरपुर नगरपालिकास्थित चुरे क्षेत्रमा पर्ने अधिकांश गाउँमा खानेपानीको हाहाकार बढेको छ। कर्मैया, ढुंग्रेखोला, सासापुर, अत्रौली, पत्थरकोट, परवानीपुर, कालिन्जोरलगायत गाउँका हजारौं सर्वसाधारण स्वच्छ खानेपानीबाट वञ्चित भएका छन्।

विवादास्पद विधेयकमै अल्झियो सरकार

सरकारले ल्याएका धेरैजसो विधेयक विवादित बन्दै गएका छन्। सरोकारवाला विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रेका छन्। विधेयक विवादमा आएपछि सरकार अलमलमा परेको छ।

'प्रहरीलाई ढुंगा हान्ने अधिकारलाई हामीले कसरी लोकतान्त्रिक अधिकार भन्ने?'

गृहमन्त्री रामबहादुर थापाले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको बताएका छन्।

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन  घोषणा

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएको छ।

लालटिनदेखि सिठ्ठि जुलुस गर्ने महासंघको आन्दोलन घोषणा

नेपाल पत्रकार महासङ्घले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्