५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

रसुवामा एक सय तीनलाई रोजगारी

रसुवा  – रसुवामा आइतबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ।स्थानीय तहबाटै पर्याप्त मात्रामा रोजगारीका अवसर सिर्जना गर्ने गरी कार्यक्रम सुरु भएको हो।

जिल्लाको नौकुण्ड गाउँपालिकामा लागू गरिएको कार्यक्रमबाट एक सय तीन जनाले रोजगारी प्राप्त गरेका छन्। आर्थिक वर्षको अन्तिममा आइपुगेकाले एक महिनाका लागि करार सम्झौता गरिएको छ।कार्यक्रममा छनोट भएकाहरू वडाले तोकेको काम गर्ने छन्।सडकको नाली खन्ने, जाली भर्ने, सिँचाइको काम गर्ने, ढुंगा फुटाउनेलगायत काम गर्ने बताइएको छ।

आर्थिक वर्षको अन्तिममा कार्यक्रम सुरु भएकाले एक महिनाका लागि सम्झौता गरिएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले बताइन्।‘आगामी आर्थिक वर्षमा पनि यसले निरन्तरता पाउने छ,’ उनले भनिन्, स्थानीय तहबाटै रोजगारी सिर्जना गर्ने कार्यक्रम भएकाले यसले प्राथमिकता पाउँछ ।’
 

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App