१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कमलेश ठाकुर
कमलेश ठाकुर

कमलेश ठाकुरका लेखहरु :

न्यायाधीशको अंगरक्षकको हतियार हराउँदा...

उच्च अदालतकी न्यायाधीशको सुरक्षार्थ खटिएकी महिला सुरक्षाकर्मीको हतियार लिएर उनका प्रेमी फरार बनेका छन् । जनकपुरस्थित उच्च अदालतकी न्यायाधीश शकुन्तला घिमिरेकी सुरक्षा गार्ड प्रहरी जवान रनिताकुमारी केवटको हतियार लिएर उनका प्रेमी सिवेन्द्र यादव सोमबार बेलुकादेखि फरार बनेका हुन् ।

सकियो जनकपुरको साहित्य महोत्सव

जनकपुरधाममा आयोजना भइरहेको नेपाल साहित्य महोत्सवको जनकपुर संस्करण सकिएको छ। कला र साहित्यको प्रवद्र्धनको लागि बुक वर्म फाउन्डेसनले आयोजना गरेको तीन दिने महोत्सव विभिन्न अन्तक्र्रियासहित आइतबार सकिएको थियो।

'क्रसर डनको कब्जामा चुरे'

चुरेलाई क्रसर माफियाहरूले कब्जा गरी राखेका छन्। उनीहरूले राजनीतिक संरक्षण पाइरहेका छन्। सबै पार्टीले पनि उनीहरूलाई नै टिकट दिन्छन्।

किर्ते गरी जग्गा नामसारी : कार्यालय प्रमुखमाथि अनुसन्धान

किर्ते कागजात खडा गरी एकको जग्गा अर्कैलाई नामसारी गर्ने जिल्ला मालपोत कार्यालय धनुषाका दुई कर्मचारीमाथि अख्तियारले अनुसन्धान सुरु गरेको छ। अख्तियार अनुसन्धान बर्दिबासको कार्यालयले मालपोत कार्यालय प्रमुख र फाँटको कर्मचारीमाथि अनुसन्धान सुरु गरेको हो।

प्रदेश प्रमुख परियारले गरे पदभार ग्रहण

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले पदभार ग्रहण गरेका छन्। बुधबार विहान जनकपुर आइपुगेका प्रमुख परियारले प्रदेश सरकाको मधेश भवन पुगेर पदभार सम्हाले।

छठको मुख्य दिन सूर्यलाई सँझिया अर्घ

छठ पर्वको तेस्रो तथा मूल दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई सँझिया अर्घ दिँदै हिन्दु श्रद्धालुहरूले हर्षोल्लाससहित धार्मिक–सांस्कृतिक आस्था व्यक्त गरेका छन्। आइतबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पर्व विधिवत रूपमा समापन हुन्छ।

एक करोडको केरा आयात

जनकपुरमा छठ पर्वका लागि एक करोड मूल्य बराबरको केरा आयात भएको छ। तराई मधेसबासीको सबैभन्दा ठूलो चाड छठका लागि एक करोड मूल्य बराबरको केरा आयात भएको हो। छठ पर्वलाई लक्षित गरी धनुषामा एक करोड मूल्य बराबरको केरा आयात भएको जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघका निवर्तमान महासचिव रविन्द्र साहले जानकारी दिए।

न कारबाही हुन्छ न सुधार

धनुषामा सरोकारवाला निकायले पछिल्लो दुई महिनामा तीन पटक बजार अनुगमन गर्‍यो। खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर, जिल्ला प्रशासन कार्यालय धनुषा, उपभोक्ता हकहित संरक्षण मञ्च, जनकपुर भन्सार कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, स्थानीय प्रहरीलगायतका सरोकारवाला निकायले संयुक्त रुपमा अनुगमन गरेका थिए।

करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी फरार

गरिब तथा विपन्न पारिवारलाई कर्जा नलिए बाँच्न गाह्रो छ। उनीहरूलाई अधारभूत आवश्यकता पूरा गर्न साहुमहाजनसँग ऋण लिनैपर्छ।

लेनदेन विवादमा गोली हानी हत्या

जनकपुरधाम उपमहानगरपालिका–१ मा बस्दै आएका ४० वर्षीय मनोज साहलाई पंकज चौधरीले बुधबार बिहान आफ्नै घर मुजेलियामा बोलाएर गोली हानी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

पैसा लिन बोलाएर घरमै गोली हानी हत्या

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया विद्युत वितरण केन्द्रस्थित बुधबार बिहानै एक व्यवसायीको गोली हानी हत्या भएको छ।

जनकपुरमा गोली चल्याे, एककाे मृत्यु

जनकपुरधाम उपमहानगरपालिका –१४ विद्युत प्राधिकरण स्थित एक जनाको गाेली हानेर हत्या भएको छ । गोली लागेर गम्भीर घाइते भएका ४० वर्षीय मनोज साहको उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

मन्त्रीको चियापानमा सिलिण्डर ग्यास बिस्फोट

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवको चियापान कार्यक्रममा सलिण्डर ग्यास विस्फोट हुँदा चार जना घाइते भएका छन्।

शिक्षाबाट वञ्चित बालबालिका

बाबु–आमालाई छोराछोरीको पढाइ लेखाइ गराउने ठूलो रहर भए पनि स्कुलमा नाम लेखाउने, किताब, कापी, झोला र ड्रेस किन्ने पैसाको जोहो गर्न नसक्दा विद्यालय जाने उमेरमा घरमै बिताइरहनुपरेको उनको दुखेसो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्