coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पैसा लिन बोलाएर घरमै गोली हानी हत्या

धनुषा- जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया विद्युत वितरण केन्द्रस्थित बुधबार बिहानै एक व्यवसायीको गोली हानी हत्या भएको छ। लक्ष्मी मियाँ गाउँपालिका–४ सपही निवासी हाल जनकपुर बसेर व्यवसायी गर्दै आएका ४० वर्षीय मनोज साहलाई स्थानीय पञ्कज चौधरीले घरमा बोलाएर हत्या गरेको प्रहरीले जनाएको छ।

पैसा लिन घरमा बोलाएर चौधरीले साहको गोली हानेर हत्या गरी लुकिछिपी बसिरहेको अवस्थामा उनलाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालल जनाए। प्रहरीले उनको साथबाट एउटा अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने १९ राउण्ड गोली तथा एउटा नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोलीसमेत बरामद गरेको हो।

मृतक साह र हत्या गर्ने चौधरी दुबै जना निर्माण व्यवसायी हुन्। ठेक्कापट्टाका क्रममा भएको लेनदेन विवादका कारण चौधरीले साहलाई गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खनालले बताए।

गोली लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो। उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। मृतक साहले स्थानीय पंकज चौधरीलाई पैसा दिएका थिए। सोही पैसा लिन गएका साहलाई चौधरीले गोली हानेका हुन्। मृतक साहको छातिमा दुई वटा गोली लागेको छ।

उनले स्थानीय स्तरमा नै ठेक्कापट्टा गर्दै आएका छन्। उनको पैतृक घर जनकपुर–१५ रामपुर गाउँमा रहेको छ। केही वर्षअघि उनले वडा नम्बर १४ मुजेलियामा पनि घर किनेर बस्दै आएका थिए। पीडित परिवारले कडा कारबाही गर्न माग गरेका छन्।

प्रकाशित: ६ कार्तिक २०७६ ०९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App