coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चितुवाको छालासहित तीन जना पक्राउ

धनुषा– धनुषामा चितुवाको छालासहित तीन जना पक्राउ परेका छन्। जिल्लाको धनौजी गाउँपालिका २ गोरदाहाबाट सशस्त्र प्रहरीको टोलीले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर बस्ने २८ बर्षीय सुनिल ढुँगेल, सोही ठाउँका ३९ बर्षीय शिवकुमार महतो र धनौजी गाउँपलिका ४ बस्ने ३६ बर्षीय जयराम मण्डल छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको टोलीले उनीहरुलाई एक थान चितुवाको छालासहित पक्राउ गरेको हो। 

प्रदेश नं.२–०२–००१ प ६०२८ नम्बरको मोटरसाइकलमा महेन्द्रनगरबाट भारततर्फ जाने क्रममा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए। 

प्रकाशित: २२ कार्तिक २०७६ १५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App