coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

किर्ते गरी जग्गा नामसारी : कार्यालय प्रमुखमाथि अनुसन्धान

धनुषा – किर्ते कागजात खडा गरी एकको जग्गा अर्कैलाई नामसारी गर्ने जिल्ला मालपोत कार्यालय धनुषाका दुई कर्मचारीमाथि अख्तियारले अनुसन्धान सुरु गरेको छ। अख्तियार अनुसन्धान बर्दिबासको कार्यालयले मालपोत कार्यालय प्रमुख र फाँटको कर्मचारीमाथि अनुसन्धान सुरु गरेको हो।

भूमाफियाको प्रभावमा परी मालपोत कार्यालयका कर्मचारीले हकवालालाई थाहै नदिई अर्कैलाई जग्गा नामसारी गरिदिएपछि मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृत रामबाबु मण्डल र फाँटवाला नायब सुब्बा गुरु भट्टमाथि अख्तियारले अनुसन्धान थालेका छन्।

जनकपुर उपमहानगरपालिका–१९ साबिक बेंगाशिवपुर गाविस–७ (क) स्थित कौशलकिशोर ठाकुरका नाममा रहेको कित्ता नं. ४८८ को १७ धुर र कित्ता नं. ४८९ को पाँच बिघा ६ कट्ठा १० धुर जमिन धनुषा मालपोत कार्यालयले किर्ते गरी हकवाला खडा गरी नामसारी गरेको पाइएको हो। २०२३ सालमा नापी हुँदा फिल्ड बुकमा उल्लिखित साबिक बेंगा शिवपुर गाविस–७ (क) स्थित ठाकुरको नाममा रहेको जग्गा २०७६ जेठ २८ गते तत्कालीन मालपोत अधिकृत रामबाबु मण्डल र फाँटवाला नायब सुब्बा गुरु भट्टले जनकपुर उपमहानगरपालिका–१० का सूर्यनारायण वैष्णवको नाममा नामसारी गरेको पाइएको हो।

यसरी भयो जग्गा दर्ता
मालपोत अधिकृत मण्डल र नायब सुब्बा भट्टको मिलेमतोमा उक्त जग्गा सूर्यनारायण वैष्णवले आफ्नो नाममा नामसारी गराएका थिए। किर्ते गर्नुअघिका जग्गाधनी कौशलकिशोर ठाकुर र वैष्णवका बाबुको नाम पनि कौशलकिशोर नै रहेकाले दुवै एउटै व्याक्ति भएको किर्ते कागजात खडा गरी ठाकुरको जग्गा वैष्णवको नाममा नामसारी गरिएको पाइएको छ।

मालपोत अधिकृत रामबाबु मण्डल सरुवा भएको अघिल्लो दिन २०७६ जेठ २८ गते ठाकुरको जग्गा वैष्णवको नाममा नामसारी गरिदिने गरी उनकै एकल इजलासले फैसला गरिदिएपछि विवाद चुलिएको हो। तत्कालीन मालपोत प्रमुख मण्डलको २०७६ जेठ २९ गते सिरहा मालपोत कार्यालयमा सरुवा भएको थियो।

फैसला भएको एक साताभित्र प्रमाणसहित कागजात पेस गर्न भनिए पनि भोलिपल्ट जेठ २९ गते नै कौशलकिशोर ठाकुरका नाममा रहेको कित्ता नं. ४८८ को १७ धुर र ४८९ को पाँच बिघा ६ कट्टा १० धुर जमिन सूर्यनारायण वैष्णवको नाममा नामसारी गरी लालपुर्जा प्रदान गरिएको थियो। तर ठाकुर र वैष्णवको तीन पुस्ते वंशावली भने मिलेको छैन।

धनुषा जिल्ला प्रशासन कार्यालयबाट २०५२ कात्तिक २२ मा लिएको नागरिकता प्रमाणपत्र र नाता प्रमाणितमा सूर्यनारायण वैष्णवका बाबु कौशलकिशोर दास उल्लेख छ। साथै कौशलकिशोर दासका नाममा साबिकको बेंगाशिवपुर गाविस–७ (ख) मा कित्ता नं. ११ को क्षेत्रफल १५ कट्ठा १४ धुर र कित्ता नं. ७० को क्षेत्रफल १६ कट्ठा १५ धुर जमिन रहेको देखिन्छ। तर मालपोत कार्यालयका तत्कालीन प्रमुख रामबाबु मण्डल र गुरु भट्टले दास र ठाकुर एउटै व्यक्ति प्रमाणित गर्दै वैष्णवको नाममा जग्गा नामसारी गरिदिएकाले उनीहरूविरुद्ध आर्थिक प्रलोभनमा परी अर्काको जग्गा किर्ते जालसाझी गरी अख्तियार दुरुपयोग गरेको अभियोगसहित २०७६ असार १६ गते उजुरी दर्ता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फैसलाको सक्कल फाइल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

उक्त जग्गा मालपोत कार्यालयको धनीपुर्जा तथा नापीको फिल्डबुकमा दर्ता रहेको कौशलकिशोर ठाकुर, पत्नी कौशल्या देवी, उनका छोरा रामशिषसिंह ठाकुर र उनकी पत्नीको समेत मृत्यु भइसकेको जनाउँदै ठाकुरका नातिहरू गुरुशरणसिंह ठाकुर, रामबालकसिंह ठाकुर र विजयसिंह ठाकुरले पुख्र्यौली जमिनको हकवाला आपूmहरू भएको दाबी गर्दै कानुनबमोजिम नामसारी गरिदिन मालपोत कार्यालयमा २०७५ साउन ६ गते निवेदन दर्ता गराएका थिए।

उनीहरुले आर्थिक वर्ष २०७५/७६ सम्म मालपोत रकमसमेत बुझाएको बताए। तर नापीको फिल्डबुकमा कौशलकिशोर ठाकुरका नाममा दर्ता रहेको जग्गाको चारजनाले हकदाबी गर्दै नामसारीका लागि निवेदन दिएका थिए। चारजनाले कौशलकिशोर ठाकुरको वंशावली तीन पुस्ते विवरणसमेत फरकफरक पेस गरेका छन्। पहिलो हकदार दाबी गर्ने ठाकुरका नाति दाबी गर्ने गुरुशरण, रामबालक र विजयकुमार भारतको सीतामढी बसाइँ गएका छन्। उनीहरुले कौशलकिशोर ठाकुरको जग्गाको हकवाला बाबु आमआशिषसिंह ठाकुर र आमाको मृत्यु भइसकेकाले जग्गाको हकवाला तीन भाइ नाति भएको तीनपुस्ते वंशावली विवरण पेस गरेका छन्।

उनीहरू भारतको सीतामढी ग्राम पञ्चायत राजपचनौर थाना वेल्सन बस्दै आएका छन्। उनीहरूजस्तै भारत सीतामढी जिल्ला अथरी रुन्नी सैदपुरका महेश ठाकुरले समेत आपूm त्यही जग्गाधनी कौशलकिशोर ठाकुरका नाति विलट ठाकुरका छोरा भन्दै जग्गा नामसारी गरिदिनुपर्ने दाबी गर्दै निवेदन दिएका छन्। उनले पेस गरेको वंशावलीमा कौशलकिशोर ठाकुरका छोरा विलट ठाकुर भएकाले बाजेको जग्गाको एक मात्र हकवाला दाबी गर्दै आफ्नो नाममा नामसारीका लागि निवेदन दिएका थिए।

जग्गा एक दाबी अनेक
उक्त जग्गा मालपोत कार्यालयको धनीपुर्जा तथा नापीको फिल्डबुकमा दर्ता रहेको कौशलकिशोर ठाकुर, श्रीमती कौशल्या देवी, उनका छोरा रामशिषसिंह ठाकुर र उनकी पत्नीको समेत मृत्यु भइसकेको जनाउँदै ठाकुरका नातिहरू गुरुशरणसिंह ठाकुर, रामबालकसिंह ठाकुर र विजयसिंह ठाकुरले पुख्र्याैली जमिनको हकवाला आफूहरू भएको दाबी गर्दै कानुनबमोजिम नामसारी गरिदिन मालपोत कार्यालयमा २०७५ साउन ६ गते निवेदन दर्ता गराएका थिए।

उनीहरूले आर्थिक वर्ष २०७५/७६ सम्म मालपोत रकमसमेत बुझाएको बताए। तर नापीको फिल्डबुकमा कौशलकिशोर ठाकुरका नाममा दर्ता रहेको जग्गाको चारजनाले हकदाबी गर्दै नामसारीका लागि निवेदन दिएका थिए। चारजनाले कौशलकिशोर ठाकुरको वंशावली तीनपुस्ते विवरणसमेत फरक–फरक पेस गरेका छन्।

पहिलो हकदार दाबी गर्ने ठाकुरका नाति दाबी गर्ने गुरुशरण, रामबालक र विजयकुमार भारतको सीतामढी बसाइँ सरेका छन्। उनीहरूले कौशलकिशोर ठाकुरको जग्गाको हकवाला बाबु आशिषसिंह ठाकुर र आमाको मृत्यु भइसकेकाले जग्गाको हकवाला तीन भाइ नाति भएको भन्दै तीनपुस्ते वंशावली विवरण पेस गरेका छन्। उनीहरू भारतको सीतामढी बस्दै आएका छन्। उनीहरू जस्तै भारत सीतामढी जिल्ला सैदपुरका महेश ठाकुरले समेत आफू त्यही जग्गाधनी कौशलकिशोर ठाकुरको नाति विलट ठाकुरको छोरा भन्दै जग्गा नामसारी गरिदिनुपर्ने दाबी गर्दै निवेदन दिए।

उनले पेस गरेको वंशावलीमा कौशलकिशोर ठाकुरको छोरा विलट ठाकुर भएकाले बाजेको जग्गाको एक मात्र हकवाला दाबी गर्दै आफ्नो नाममा नामसारीका लागि निवेदन दिएका थिए। त्यही जग्गा जनकपुर उपमहानगरपालिका–१० मा स्थायी ठेगाना हाल सर्लाही जिल्ला साबिकको बसबरिया गाविस–२ का हेमन्त ठाकुरले मेखी ठाकुरको छोरा कौशलकिशोर ठाकुर आफ्नो बाबु भएको दाबी गर्दै नामसारी गरिदिन मागदाबी गर्दै निवेदन दिएका थिए। तर मालपोत कार्यालयले कौशलकिशोर ठाकुर र कौशलकिशोर दास एउटै व्यक्ति भएको र ठाकुरका छोरा ठह¥याउँदै जनकपुर उपमहानगरपालिका–१० का सूर्यनारायण वैष्णवको नाममा २०७६ जेठ २८ गते फैसला गरी नामसारी गरिदिएको छ। सूर्यनारायण वैष्णवले आफ्नो वंशावलीमा मेखीका नाति कौशलकिशोर ठाकुरको छोरा सूर्यनारायण वैष्णव भनेर प्रमाणित गरी जग्गा नामसारी गरिदिएको देखिएको छ। उक्त जग्गा खिचलो मुद्दाको सम्पूर्ण मिसिल तत्कालीन नापी कार्यालयका नासु गुरु भट्टले सम्पूर्ण कागजात तयार गरेको मालपोत कार्यालयका सूचना अधिकारी मोहम्मद इजहार राइनले बताए।

मालपोत अधिकृत मण्डल र नायब सुब्बा भट्टले जग्गाधनी ठाकुरका छोरा सूर्यनारायण वैष्णव भएको ठहर गरी जग्गा नामसारी गरिदिएका थिए। तर फिल्डबुकमा लालपुर्जा र नापीको फिल्डबुकमा दर्ता रहेको कौशलकिशोर दासको नाममा कित्ता नं. ११ को क्षेत्रफल १५ कट्ठा १४ धुर र कित्ता नं. ७० को क्षेत्रफल १६ कट्ठा १५ धुर रहेको देखिन्छ। उक्त जग्गा दाबी गर्ने चारजनाको जात, वंशावली, तीन पुस्ते र समुदायको विवरण फरक परेको छ।

ठाकुरको जग्गा नामसारी गरेका वैष्णवले आफ्नो नाममा नामसारी गरिदिने मालपोत कार्यालयविरुद्ध आदेश जारी गराइपाऊँ भनी २०७६ असार ६ गते उच्च अदालत धनुषामा दर्ता रिट निवेदन दर्ता गराएका छन्।

प्रकाशित: २१ कार्तिक २०७६ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App