४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

फ्रान्समा पनि देखियो कोरोना भाइरसको नयाँ प्रकार

बेलायतपछि फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रकार देखिएको छ। फ्रान्समा पहिलो पटक एक व्यक्तिमा उक्त भाइरस देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बेलायतमा उक्त नयाँ स्वरूपको भाइरस तीव्र रूपमा फैलिएको केही सातापछि नै फ्रान्समा पनि देखिएको त्यहाँ अधिकारीहरूले जनाएका छन्।

केही दिनअघि बेलायतबाटै फ्रान्स फर्किएका एक व्यक्तिमा उक्त भाइरस फेला परेको बताइएको छ। यही १९ डिसेम्बरमा लण्डनबाट फर्किएका ती व्यक्ति टुअर्स सहरमा बस्ने गरेको र हाल उनी आइसोलेसनमा रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि कोरोनाको यो स्वरूप दक्षिण अफ्रिकामा पनि देखिएको थियो। यो भाइरसबारे अध्ययन जारी छ, तर अहिलेसम्म प्राप्त तथ्यले यो यसअघिका कोरोना भन्दा कैयौँ गुना छिटो फैलिने बताइएको छ। तर यो कत्तिको घातक छ भन्ने कुरा चाहिँ यकीन हुन सकेको छैन ।

नयाँ भाइरस फेला परेपछि युरोपेली र अन्य मुलुकले बेलायत यात्रामा प्रतिबन्ध लगाएका छन्।

प्रकाशित: ११ पुस २०७७ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App