३० वैशाख २०८१ आइतबार
image/svg+xml

अब स्मार्ट लकडाउन गर्ने, हवाइ उडान पुनः संचालन हुने

कोभिड १९ व्यवस्थापन निर्देशक समितिले असार दोस्रो साताबाट स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ।

कोरोनाको दोस्रो लहरमा एक महिनामा २० वटा जटिल शल्यक्रिया

प्रतिष्ठानका अनुसार कोभिडको दोस्रो लहरको बेला गरिएका ती शल्यक्रियाहरु जटिल किसिमका छन्। तीमध्ये अधिकांश जटिल शल्यक्रियाहरु उपत्यकाभन्दा बाहिर वीपी प्रतिष्ठानमा मात्र भएको प्रतिष्ठानको दाबी छ।

विगत दुई दशकयता बाल श्रमिकको संख्यामा वृद्धि : प्रतिवेदन

अन्तर्राष्ट्रिय श्रम संगठन र तथ्यांक विभागद्वारा संयुक्त रूपमा प्रकाशित नेपाल बालश्रम प्रतिवेदन २०२१ ले नेपालमा बाल श्रमिकको संख्या घट्दो क्रममा रहेको र सन् २००८ मा १६ लाख बाट २०१८ मा आइपुग्दा ११ लाखमा झरेको कुरा उल्लेख गरेको छ।

जब वुहानको झल्को दियो !

विशेषतः मधुमेहका बिरामीलाई ‘कालो ढुसी’को समस्या देखिएको छ। दोस्रो लहरमा धेरै मानिस सिकिस्त भए र एस्टेरोइडजस्ता औषधि जथाभावी चिकित्सकको परामर्शबिनै प्रयोग गर्दा वा अस्पतालमै पनि लामो समय प्रयोग गर्दा ‘कालो ढुसी’को समस्या देखिँदै गएको भनिएको छ। कालो मात्र नभएर ‘सेतो ढुसी’को समेत समस्या देखिएको छ।

खोप उपलब्ध गराउन बेलायती महारानीलाई पत्र

नेपाल सरकारले कोभिड १९ विरुद्धको खोप सहायताको लागि बेलायती महारानीसमक्ष माग गरेको छ।

नेपाल ज्यादै जटिल अवस्थामा : संयुक्त राष्ट्रसङ्घ

महामारीबाट प्रभावित सबैभन्दा सकन्टासन्न ७ लाख ५० हजार जनालाई आगामी ३ महिनासम्म सहयोग पुर्याउनका लागि एउटा आपतकालीन प्रतिकार्य योजना परिचालन गर्न ८ करोड ३७ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि पनि आह्वान गरेका छन्।

बेलायती संसदमा नेपाल सहयोगबारे छलफल, २० लाख खाेप दिने

बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्डसमा नेपाललाई कोभिड १९विरुद्ध सहयोगबारे बहस भएको छ।

नेपालमा भारतमा फैलिएको भेरियन्ट पुष्टि, सबै उमेर समूहका लागि धेरै संक्रामक र जोखिमपूर्ण

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले देशका विभिन्न भागबाट गतहप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा गरिएको परीक्षणबाट थप नयाँ भेरियन्ट फेला परेको जानकारी दिए।

२४ घन्टामा ५ हजार ४ सय ५५ संक्रमण मुक्त

पछिल्लो २४ घन्टामा ५ हजार ४ सय ५५प्रतिशत काेराेना संक्रमणमुक्त भएका छन्।, ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै शनिबार नेपालमा ८ हजार १ सय ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

बिरामीसँग बढी भाडा लिएको भन्दै दुई एम्बुलेन्स चालक पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले कोभिड संक्रमित व्यक्ति तथा संक्रमणको कारण मृत्यु भएका आफन्तहरुबाट मनोमानी भाडा लिएको आरोपमा दुई चालकलाई पक्राउ गरेको हो।

खोप लगाउन चाहनुहुन्छ ? फाराम भर्नुस् यो लिंकमा

मन्त्रालयले कोभिड १९ विरुद्धका खोप लगाउन चाहने १८ वर्ष माथि र सोभन्दा बढी उमेरका व्यक्तिहरुलाई फाराम भर्न भनेको हो।

गोरखामा जेठ १५ सम्म निषेधाज्ञा, बाहिरबाट आउने तरकारी पूर्ण रुपमा बन्द

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले कोरोनाको संक्रमण दर बढेकाले रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि निषेधाज्ञा जेठ १५ गतेसम्म गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।

उदयपुरमा कोभिडबाट थप ३ को मृत्यु

कोभिड १९ को दोस्रो लहरले उदयपुरका सरकारी कार्यालय प्रमुखसहित थप ३ जनाको ज्यान लिएको छ । सदरमुकामस्थित ३४ वर्षीय एक कार्यालय प्रमुखको उपचारको क्रममा सोमबार काठमाडौं महाराजगञ्जस्थित टिचिङ अस्पतालमा मृत्यु भएको हो । महिला र पुरुष २ जनाको मंगलबार बिराटनगरमा उपचारको क्रममा ज्यान गएको हो ।

६ हजार ४ सय ५७ जनालाई मास्क, ७ हजार ८ सय ५ जनालाई होल्ड

कोभिड–१९ को संक्रमण बढ्दा थपिएको समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरिरहेको छ।

अक्सिजन अभाव भएपछि भैरहवाको भिमले बिरामी भर्ना लिन छोड्यो

अक्सिजन अभाव भएपछि कोभिड १९ का बिरामीहरुको उपचार गर्दै आएको भैरहवाको भिम अस्पालले पनि बिरामी भर्ना लिन छोडेको छ। कोभिड १९ का बिरामीको चाप अत्यधिक बढेको तर अक्सिजनको आपूर्ति भने माग अनुरुप हुन नसकेकाले थप संक्रमितलाई भर्ना लिन समस्या भइरहेको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्