७ वैशाख २०८१ शुक्रबार
समाज

६ हजार ४ सय ५७ जनालाई मास्क, ७ हजार ८ सय ५ जनालाई होल्ड

फाइल तस्बिर

नयाँ भेरियन्टको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले सञ्चालन गरेको ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ६ हजार ४ सय ५७ जनालाई निःशुल्क मास्क वितरण गरेको छ भने निषेधाज्ञाको पालना नगर्ने ७ हजार ८ सय ५ जनालाई होल्डमा रखिएको छ।

यो विवरण पछिल्लो २४ घन्टाको भएको प्रहरी स्रोतको भनाइ छ।

कोभिड–१९ को संक्रमण बढ्दा थपिएको समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरिरहेको छ।

साथै विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका लागि पनि प्रहरी प्रयत्नशील छ। यही क्रममा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ८ सय ५ जनालाई होल्डमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पछिल्लो २४ घन्टामा १ हजार १ सय ३० वटा गाडी र १ हजार ९ सय ७३ वटा मोटरसाइकल गरी ३ हजार १ सय ३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

यसैगरी कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ४ सय ३८ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ।

प्रकाशित: २५ वैशाख २०७८ ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App