५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

अक्सिजन अभाव भएपछि भैरहवाको भिमले बिरामी भर्ना लिन छोड्यो

अक्सिजन अभाव भएपछि कोभिड १९ का बिरामीहरुको उपचार गर्दै आएको भैरहवाको भिम अस्पालले पनि बिरामी भर्ना लिन छोडेको छ। कोभिड १९ का बिरामीको चाप अत्यधिक बढेको तर अक्सिजनको आपूर्ति भने माग अनुरुप हुन नसकेकाले थप संक्रमितलाई भर्ना लिन समस्या भइरहेको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले बताए।  

अस्पताल प्रशासनले आज (शुक्रबार)सूचना जारी गरी अक्सिजन अभाव भएकाले कोभिड १९ का बिरामीहरुलाई भर्ना लिन नसक्ने जनाएको हो। अस्पतालले भनेको छ, ‘कोभिड १९ का बिरामीहरुको अत्यधिक चापका कारणले अक्सिजन सप्लाइले नपुग्ने भएकाले भर्ना भएका बिरामीलाई नै अक्जिन पुर्‍यााउन नसक्ने अवस्था छ। सम्पुर्ण महानुभावहरुलाई सोही अनुसार व्यवस्थापन गर्नुहुन सूचित गरिन्छ।’  

भर्ना भएका बिरामीका लागि अवश्यकता अनुरुप अक्सिजन चलाउने हो भने दैनिक ४ सय सिलिण्डर अक्सिजनको माग भएपनि आपूर्ति भने जम्मा २ सय सिलिण्डर भइरहेको डा पाखेरेलले बताए। यो अस्पतालमा भएका आइसीयु, एचडियु, इमर्जेन्सी वार्ड भरिएर भुइ तथा गल्ली र अस्पताल बाहिरको पेटीमा समेत राखेर कारोना संक्रमतिहरुको उपचार भइरहेको छ। अस्पतालमा अहिले करिब ७० जना कोरोना संक्रमितका बिरामी छन्। डा पोखरेलका अनुसार ती सबै संक्रमित हाइफ्लोरेटमा अक्सिजन चलाउनु पर्ने बिरामी हुन्।

प्रकाशित: २४ वैशाख २०७८ १४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App