७ वैशाख २०८१ शुक्रबार
अर्थ

अब स्मार्ट लकडाउन गर्ने, हवाइ उडान पुनः संचालन हुने

कोभिड १९ व्यवस्थापन निर्देशक समितिले असार दोस्रो साताबाट स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ। समितिको दोस्रो बैठकले संक्रमणको जोखिम नियन्त्रणसँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो।

निषेधाज्ञा कायमै राख्ने र त्यसपछिको अवस्था मूल्यांकन गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निश्कर्ष समितिले निकालेको छ।

प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशिया जस्ता देशहरुमा हवाइ उडान पुनः संचालन गर्ने निर्णय गरेको छ।

यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाइ उडान सञ्चालन हुने छन्।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टिनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ। कुल १५ दिन बस्नुपर्ने क्वारेन्टिनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ।

प्रकाशित: ३ असार २०७८ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App