coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

नेपालमा भारतमा फैलिएको भेरियन्ट पुष्टि, सबै उमेर समूहका लागि धेरै संक्रामक र जोखिमपूर्ण

नेपालमा कोभिड-१९ को थप नयाँ भेरियन्ट फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड १९ का थप नयाँ भेरियन्ट फेला परेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले देशका विभिन्न भागबाट गतहप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा गरिएको परीक्षणबाट थप नयाँ भेरियन्ट फेला परेको जानकारी दिए।

विश्व स्वास्थ्य संगठनमा पठाइएको नमूनाको प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा (३४ वटा) मा बी.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको छ। ‘यससँगै हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरिन्यट रहेको पुष्टि भएको छ।’ डा. अधिकारीले भने।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरिन्यटलाई विश्वव्यापी भेरिन्यट अफ कन्सर्न भनी घोषणा समेत गरी सकेको छ। हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको छ।

 

प्रकाशित: ४ जेष्ठ २०७८ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App