१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गोरखामा जेठ १५ सम्म निषेधाज्ञा, बाहिरबाट आउने तरकारी पूर्ण रुपमा बन्द

गोरखामा निषेधाज्ञा दुई साता लम्बिएको छ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले कोरोनाको संक्रमण दर बढेकाले रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि निषेधाज्ञा जेठ १५ गतेसम्म गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।  

निषेधाज्ञाका क्रममा गोरखा सदरमुकाम भित्रका बैंकबाट आकस्मिक बाहेकका सेवा बन्द हुने निर्णय बैठकले गरेको छ। जेठ सात गतेसम्म बैंकले आकस्मिक मात्रै सेवा दिन पाउनेछन्। यस्तै लघुबित्त, बित्तीय संस्था, सहकारी, बीमा सेवा जेठ १५ सम्म पूर्ण रुपमा बन्द हुने भएको छ। यसअघि यी सबै सेवा खुल्ला थिए। सरकारी कार्यालयको पनि अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ।

निर्माण सामग्रीको पसल बेलुकी ७ देखि ९ र खाद्यान्नका पसल बिहान ५ देखि ९ बजेसम्म संचालन गर्न पाउने निर्णय डिसिसिएमसीले गरेको छ। औषधी पसलहरु भने २४ सै घण्टा खुल्नेछन् । निर्माण सामग्री बोकेका सवारी साधन ट्याक्टर, टिपर लगायतका साधन राती ७ देखि बिहान ५ बजेसम्म मात्र चल्न पाउनेछ। निर्माण सामग्री, खाद्यान्न ढुवानीको बाहनामा यात्रु बोक्ने सवारी साधनलाई प्रहरीले चेकजाँच गरि कडा कारबाही गर्ने जनाएको छ।

उद्योग तथा सार्वजनीक निर्माण कार्यमा संलग्नहरु निर्माण स्थल नजिकै बस्ने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर निर्माणका काम गर्न सक्नेछन्।

गोरखा जिल्ला बाहिरबाट आउने तरकारी पूर्ण रुपमा बन्द हुने भएको छ। डिसिसिएमसीको बैठकले नयाँ ठाउँमा आइशोलेसन निर्माण, व्यवस्थापन संचालन गोरखा नगरपालिकाभित्र नगरपालिकाले गर्ने, त्यहाँ चिकित्सकीय सेवा गोरखा अस्पतालले दिने निर्णय गरेको छ।

प्रकाशित: ३० वैशाख २०७८ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App