९ मंसिर २०८१ आइतबार
image/svg+xml

नदी कटान नियन्त्रणमा समस्या

टीकापुर नगरपालिका–५ शाहीपुर नजिकै भैरहेको कर्णाली नदीको कटान रोकथाममा समस्या भएको छ। स्थानीयले गरेको रोकथामको प्रयास विफल भएपछि अहिले रानी जमरा कुलरीया सिँचाई आयोजनाले रोकथामको प्रयास गरिरहेको छ।

बर्खाले बस्ती डुबान, नदीका बाँध कटान

जरना गोइठा सब भिजगेलै(दाउरा गुइठा सबै भिजिसक्यो) मुखियाले भने,‘ने चुल्ही रहलै ने जलाबन आ ने चाउर दाईल आब कि खा क रहबै(न चुल्हो जोगियो न दाउरागुइठा, चामल दाल पनि भिजेपछि अब के खाएर बस्नु)।’

सवेलाको कटान रोक्न मन्त्री भुसालको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले धनुषाको सवेला नगरपालिकामा कमला नदीले कटान गरेको भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएकी छन्।

नदी कटानले विद्यालय भवन उच्च जोखिममा

त्रियुगा नगरपालिका–६ स्थित चुरेपारीको लालपत्ता क्षेत्रका एक दर्जन बस्तीका बालबालिकाले शिशुदेखि कक्षा १२ सम्म पठनपाठन गर्ने पञ्चकन्या माध्यमिक विद्यालय अहिले नदी कटानका कारण उच्च जोखिम परेको छ।

प्रमाण नष्ट गर्न रुखका ठुटा गायव

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ रामपुरस्थित नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा भएको अवैध फँडानीको प्रमाण नष्ट गर्ने प्रयास गरिएको छ। उक्त समूहले डिभिजन वन कार्यालय बाँकेको स्वीकृती बिना करिव एक विघा क्षेत्रफलमा हुर्किरहेका रुख, विरुवा अवैध रुपले कटान गरेको थियो।

रूख कटानबारे आरोप–प्रत्यारोप

धरान उपमहानगरपालिका–२० स्थित एक सामुदायिक वनमा अवैध रूपमा सालको रूख काटिएको घटनामा धरानका मेयर तिलक राई विवादमा तानिएका छन् ।

राप्तीको बाढीले खेतीयोग्य जमिन तीव्र कटान, गाउँ उच्च जोखिममा

राप्ती नदीले कटान तीव्र पारेपछि बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरका लालबिहारी थारु चिन्तामा छन् । वर्षभरीको खर्च धान्ने खेतबारी नै नरहेपछि उनलाई चिन्ता बढेको हो ।

गाउँतिर सोझियो कन्काई नदी : रातभर सुत्दैनन् ७ गाउँका बासिन्दा

नदीजन्य पदार्थको अत्यधिक दोहनका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको कन्काई नदीकै छेउमा घर र खेती भएका शिवसताक्षी नगरपालिका–७ का तेजबहादुर कुँवर बताउँछन् । ‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन,’ उनले भने ।

तराईमा चुरे संरक्षण नगरेसम्म बाढी र कटान रोक्न सकिदैन : मन्त्री सोनल

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले तराई क्षेत्रमा देखिएको बाढी र नदीको कटानको समस्य दिर्घकालिन रुपमा समाधान गर्न चुरे संरक्षण तर्फ सबैले ध्यान दिनु पर्ने बताएका छन्।

सप्तकोशीले पूर्वी तटबन्धको दुईवटा स्पर निरन्तर कटान

सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेर क्रमशः घट्दै गएपनि पूर्वी तटबन्धको सुनसरी बराहक्षेत्र वडा नं. ६ को दुईवटा स्परमा कटान थालेको छ । बराहक्षेत्र वडा नं. ६ को ठाकुरबारीमा रहेको स्पर नं. ९ र १० स्परमा कटान गरेको हो ।

बस्तीमा पस्यो बक्राहा

मोरङको पूर्वमा रहेको बक्राहा खोला बग्ने गरेको गाउँका मानिसहरू सधैँ बर्खायाममा त्रासमा बस्ने गरेका छन् । बक्राहा खोलामा तटबन्धन (बाँध) गर्नुअघि वर्षेनी बर्खामा आएको बाढीले खेती गरेको जमिन कटान गर्दै बग्ने गरेको थियो ।

बेनी–जोमसोम सडक कटानले छियाछिया

बेनी–जोमसोम खण्डमा बाढीपहिरो र कालीगण्डकी नदीले कटाने अवरुद्ध भएपछि शनिबारदेखि मर्मतकार्य सुरू भएको छ । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक अन्तर्गत म्याग्दीखण्डमा मात्र करिब आधा दर्जन बढी स्थानमा पहिरो र नदीको कटानले सडक छियाछिया पारेपछि सडक नियमित सञ्चालनको प्रयास सुरु भएको छ ।

बागमती र लाल बकैया नदीमा बाढी कम भएपछि नदी कटान तीव्र

बागमती र लाल बकैया नदीमा आएको बाढीको पानीको सतह कम भएपछि दुवै नदीले कटान तीव्र पारेको छ । बागमती नदीले लक्ष्मीपुर, गढो, बडहर्वा, पिपरा रजवाडा, समनपुर, धर्मपुर, ब्रह्मपुरी लगायका स्थानमा कटान गरिरहेका छन् ।

चुरे क्षेत्रमा व्यापक रूख कटानी, कार्ययोजनामै ठेकेदारको हस्तक्षेप

चुरे क्षेत्रको संरक्षणको लागि ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ सञ्चालन गरेर सरकारले प्रत्येक वर्ष डेढ अर्ब भन्दाबढी रकम खर्च गर्दै आएको छ। वैज्ञानिक वनका नाममा कानुनी व्यवस्था र मापदण्ड विपरित वन कार्यालयका कर्मचारी, ठेकेदार र उपभोक्ता समूहका पदाधिकारीको मिलेमतोमा लकडाउनका बेला चुरेमा व्यापक रूख कटानी भइरहेको छ।

नदी कटान रोक्न आवश्यक काम भइरहेको छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्