१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तराईमा चुरे संरक्षण नगरेसम्म बाढी र कटान रोक्न सकिदैन : मन्त्री सोनल

कलैया उपमहानगरपालिका वाड नम्बर ४ मा बर्षाले भएको डुबानको निरीक्षण गर्दै सोनल नेतृत्वको टोली। तस्बिर : नागरिक

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले तराई क्षेत्रमा देखिएको बाढी र नदीको कटानको समस्य दिर्घकालिन रुपमा समाधान गर्न चुरे संरक्षण तर्फ सबैले ध्यान दिनु पर्ने बताएका छन्।

लगातारको वर्षाको कारण खोलानालाहरूमा आएको बाढीले भएको धनजनको क्षति र डुबानको अनुगमन गर्न शुक्रबार कलैया आएका मन्त्री सोनलले चुरे दोहनलाई समयमै नियन्त्रण गर्न ध्यान नदिएमा तराई क्षेत्रको उर्बर भुमि मरभुमीमा समेत परिणत हुने सम्भावन रहेकाले यस तर्फ सचेत हुन अग्रह गरे।

जिल्लाको चुरे क्षेत्रको खोलाहरूमा मापडण्ड बिपरीत स्काभेटर प्रयोग गरेर रातो रात धनी बन्ने केही मानिसहरूको कारणले गर्दा खोला छेउमा कटान र बालुवा पुर्ने काम भएको र यसलाई दिर्घकालिन रुपमै समाधान गर्न तीनै सरकार एक भएर काम गर्नुको बिकल्प भएको मन्त्री सोनलले बताए।  

अहिले गरिएको अनुगमनले बाढीबाट भएको नदी कटानलाई तत्काल रोक्न  र भत्कीएको सडकलाई तत्काल मर्मत गरेर संचालनमा ल्याउने तर्फ केन्द्रित रहेको उनले बताए।  अनुगमनले नदी छेउको जग्गा कटान र बस्तीहरू डुबानबाट दिर्घकालिन रुपमै समाधान गर्नको लागि निती तथा कार्यक्रम बनाउनमा सहयोगी पुग्ने भएको प्रदेश सरकार अहिले यस कार्यमा लागेको उनले बताए।

प्रदेश सरकारलाई काम गर्न बजेट थोरै दिए पनि थोरै बजेटमा पनि प्रदेशका जनताहरूको बिपतमा स्रोत साधनले भए सम्म सहयोग गरिएको र अहिले पनि सहयोग गर्नकै लागि काम गरिएको उनले बताए।

प्रदेश सरकार अहिले संघ र स्थानीय सरकारको चेपुवामा परेको र यस समस्यालाई बुझेर पनि प्रदेश सरकारसँग विकास निर्माणको काममा अपेक्षा गर्नु पर्ने सुझाव उनले दिए।

बाढी र डुबानबाट भएको क्षतिबाट तत्काल राहत पुर्याउन उदेश्यले प्रदेशका ८ वटै जिल्लामा ५०/५० लाखको दरले निकास दिने तयारी गरिएको र निकास गरिएको रकम अपुग भएको फेरी अवश्यकता अनुसार त्यसमा थपिने प्रतिबद्धता सोनलले गरे।

प्रदेश सरकारले मन्त्री सोनलको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन तथा अनुगमन समितिले बाराको कलैया उपमहानगरपालिकाको वाड नम्बर ४ र ९, फेटा गाउँपालिकाको वाड नम्बर १, प्रसौनी गाउँपालिका र निजगढ नगरपालिकाका लगाएतको स्थानमा डुबान र बाढीबाट भएको क्षतिको अनुगमन गरेको छ।  

अनुगमनमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय र प्रतिनिधी सभा सदस्य रामबाबु यादव, रामएकबाल मियाँ, प्रदेश सभा सदस्य पारस साह, बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित लगायतको सहभागिता थियो ।

प्रकाशित: ९ श्रावण २०७७ १३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App