८ वैशाख २०८१ शनिबार
समाज

रूख कटानबारे आरोप–प्रत्यारोप

धरान उपमहानगरपालिका–२० स्थित एक सामुदायिक वनमा अवैध रूपमा सालको रूख काटिएको घटनामा धरानका मेयर तिलक राई विवादमा तानिएका छन् । भालढुंगा सामुदायिक वन समूहले मेयरको निर्देशनमा सालको रूख काटिएको आरोप लगाएको छ । घर बनाउनको लागि आफ्नी आमाको नाममा वन समूहमा निवेदन दिएको र समूहले निर्णय गर्नुअघि नै रूख काटेको आरोप लगाइएको छ । धरान २० विष्णुपादुका (भालढुंगा) मेयर राईकी आमाको जन्मथलो हो ।  

रूख काटिएको विषयमा भने मेयर राईले आफूलाई कुनै जानकारी नभएको बताए । वन समूहमा आफूले निवेदन पनि नदिएको उनको भनाइ छ । उपभोक्ताले शनिबार जंगलमा रूख ढालेर टुना बनाएको थाह पाएपछि वन समूहका पदाधिकारीलाई जानकारी गराएका थिए । मेयर राईले बिहीबार वन समूहमा निवेदन दिएको र निवेदनबारे शुक्रबार छलफल भएको वन समुहका पदाधिकारीको बताएका छन् । ‘मेयर साबले बिहीबार काठको माग गरेर निवेदन दिनुभएको थियो । हामीले शुक्रबार छलफल गरेर ढलापडा खोजेर दिने, तर राम्रो रूख नमासौं भनेर सहमती गरेका थियौं,’ वन समूहका अध्यक्ष बुद्धिमान तामाङले भने, ‘शनिबार ढलापडा खोज्न जाने कुरा थियो, कोषाध्यक्ष नभ्याउने भएपछि आइतबार जाने कुरा भयो, तर शनिबार बिहानै रूख ढालिएछ ।’  

कोेषाध्यक्षसँगै मेयर पनि जंगलमा रूख काट्न गएको स्थानीयले आरोप लगाएका छन् । तर वन समूहका कोषाध्यक्ष भीम बस्नेतले रूख कसले काटेको हो भन्ने कुनै जानकारी नभएको बताए । मेयर राईले निवेदन दिएको र शुक्रबार छलफलसमेत बताउँदै उनले रूख मेयर राईको निर्देशनमा काटिएको वा अरू कसैले काटेको भन्ने कुनै जानकारी नभएको बताए ।

प्रकाशित: १७ भाद्र २०७७ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App