११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

धमाधाम क्वारेन्टिनबाट घर पठाइदै

भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरूलाई आरडिटी परीक्षण गरेर सिधै घर पठाउने गरिएको छ । जेठको पहिलो साताबाट भारतका बिभिन्न रेडजोनबाट करिव ८० हजार जति सुदूरपश्चिममा भित्रिएका छन्। कुनै जाँच नगरि सिमानाकाबाट गाउँगाउँमा लगेर क्वारेन्टिनमा राखिएको थियो । आरडीटी जाँच गर्दै धमाधम घर पठाउन थालेपछि समुदायमा संक्रमण फैलिने जोखिम बढेको छ ।

तीन नयाँ संक्रमित थपिए, राप्तीसोनारीका ७१ जनाको रिपोर्ट नेगेटिभ

बाँकेमा आइतबार तीन जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा खजुरा गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षका र वडा नम्बर ७ का १५ र ३० वर्षका पुरुषमा संक्रमण देखिएको हो । योसँगै बाँकेमा संक्रमितको संख्या दुई सय ७० पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

विदेशी नेपालीमा कोरोना संक्रमण कमी

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस संक्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र संक्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ।

गोरखा र पोखरामा संक्रमितको श्रोत खुट्याउनै सकस

गण्डकी प्रदेशका विभिन्न जिल्लामा भेटिएका कोरोना संक्रमितमध्ये दुईवटा ‘केस’ को श्रोत खुट्याउन स्वास्थ्यकर्मीलाई निकै नै हम्मेहम्मे परेको छ। भेटिएका संक्रमितमध्ये पोखरा महानगरपालिका– ८ का ६० वर्षिय पुरुष र गोरखाको पालुङटार नगरपालिकाका १७ वर्षिय किशोरसम्म कसरी संक्रमण पुग्यो भन्ने पत्ता लगाउन सरोकारवालाले सकेका छैनन्।

थपिए २१३ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिला छन्। अहिलेसम्म ४६७ जना कोरोना मुक्त भएकर डिस्चार्ज भएका छन्।

रोल्पामा पनि भेटिए कोरोना संक्रमित

रोल्पामा पहिलो पल्ट तीन जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । गत १२ गते भारतबाट आएर सुनिलस्मृती गाउँपालिकाको क्वारेन्टिनमा बसेका उनिहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

मेक्सिकोमा एक लाख १३ हजार संक्रमित

मेक्सिको मध्य अमेरिकी मुलुक मेक्सिकोमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरसको महामारीबाट तीन हजार ६०० नयाँ संक्रमित देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

कोरोनाका कारण विश्वभर १ सय २५ गैरआवासीय नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा कमी आएको छ।

‘कोरोना परीक्षणको दायरा बढेन’

सुदूरपश्चिम प्रदेशसभाका सदस्यले कोभिड–१९ को रोकथाम र निगरानीमा थप प्रभावकारी पहल गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन्।

वातावरण दिवस

मलाई मेरो वरिपरिको वातावरण हरियो र फूलैफूलै भएको मन पर्छ । यसैकारण मलाई वातावरण दिवस धेरै मन पर्छ र म आशा राख्छु कि कोरोनाको यस महामारी सिद्धिएपछि फेरि एकचोटि वातावरण दिवस सबैसँग मनाउन पाऊँ ।

सिन्धुपाल्चोकका थप एकमा कोरोना पुष्टि

सिन्धुपाल्चोकमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ। योसँगै जिल्लामा संक्रमितको संख्या तीन पुगेको छ भने एक जनाको मृत्यु भइसकेको छ। भारतबाट फर्केर मेलम्चीस्थित क्षेत्रीय क्वारेन्टिनमा बसेका इन्द्रावती गाउँपालिकाका २० वर्षीय युवामा कोरोना भेटिएको हो।

एक ट्रेकिङ गाइडको कथा : मजदुरको कोही छैन

जुन तामाङले ट्रेकिङ गाइड गर्न थालेको झण्डै डेढ दशक हुन लाग्यो तर उनलाई यस्तो दिन आउला भन्ने लागेकै थिएन। उनले नाकाबन्दी, भूकम्प, र देशमा भएको द्वन्द देखे तर त्यो बेलामा पनि काम ठप्प भएको थिएन। 'काम थोरै पाइन्थ्यो तर यसरी घरमै बस्नु परेको थिएन', तामाङ भन्छन्, 'कोरोना महामारीले त उठिवासनै बनायो।'

उदयपुरमा थप तीन जना संक्रमित पुष्टि

पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणोन्मुख देखिएको उदयपुरमा आइतबार थप ३ जना संक्रमित फेला परेका छन् । सातादिनअघि संकलन गरी पठाइएको पिसिआर परीक्षण रिपोर्टमा जिल्लाको बेलका नगपालिका ३ का २ जना र चौदण्डीगढी नगरपालिका १ का १ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमा बढ्दै आत्मविश्वास, रौतहटका २१ जना डिस्चार्ज

कोरोना संक्रमितहरु स्वस्थ्य भएर आइसोलेसनबाट बाहिरिन थालेपछि आत्मबल बढ्न थालेको छ । रौतहटका २१ जना कोरोना संक्रमित विभिन्न आइसोलेसनबाट स्वस्थ भएर आफ्नो घर फर्किएपछि रौतहटका विभिन्न आइसोलेसनमा रहेका संक्रमितहरुमा आफू पनि निको हुने आत्मविश्वास बढ्न थालेको हो ।

दाङको कोरोना अस्पतालबाट १० जना डिस्चार्ज

दाङ बेलभलुण्डि स्थित कोरोना विशेष अस्पतालबाट आईतबार १० जना डिष्चार्ज भएका छन्। अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माका अनुसार १० जना संक्रमति निको भएर घर फर्किएका हुन्। उनिहरु मध्य बाँके नरैनापुरका ५ जना, बर्दियाका १,दाङका २ र कपिलवस्तुका २ जना रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्